चर्को दबाबपछि यतिको हिमालयलाई ग्राउण्ड ह्याण्डिलिङ दिने निर्णय फिर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2020 | 01:17:56 PM मा प्रकाशित

laxmi  sunrise bank

यति समुहको हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउण्ड ह्याण्डिलिङ दिने निर्णय फिर्ता भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र नेपाल नागरिक उड्डयन प्राधिकरणको आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।

नेकपा निकट निगमको आधिकारिक ट्रेड युनियन 'नेपाल वायुसेवा निगम कर्मचारी युनियन' को चर्को दबाब तथा राजनीतिक सम्बाद पछि आज बसेको उक्त बैठकले यति समुहको  हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउण्ड ह्याण्डिलिङ दिने प्राधिकरणको निर्णय फिर्ता भएको हो ।

मन्त्री योगेश भट्टराईले प्राधिकरणले हिमालयलाई दिएको सुविधा तत्काल कार्यान्वयन नगर्न प्राधिकरणलाई निर्देशन दिएका छन्। युनियनको चर्को दबाबपछि मन्त्री भट्टराईले आइतबार प्राधिकरणका महानिर्देशक राजन पोखरेलसहित प्राधिकरणको टोलीलाई मन्त्रालयमा नै बोलाएर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हिमालय एयरले प्राप्त गरेको ग्राउण्ड हृयाण्डिलिङ सुविधाबारे छलफल गरेका थिए।

प्राधिकरणले हिमालय एयरलाइन्सलाई गत असोज ४ गते सेल्फ ग्राउण्ड ह्याण्डलिङको अनुमति दिएको थियो। हिमालयलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङको अनुमति दिएपछि उक्त निर्णय 'राष्ट्रघाती' भएको भन्दै निर्णय फिर्ता लिनलाई निगमको आधिकारिक ट्रेड युनियनले बिज्ञप्ती नै निकालेको थियो। त्रिभुवन विमानस्थलमा ग्राउण्ड ह्याण्डिलिङको काम नेपाल एयरलाइन्सले गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved