हिमालयलाई दिएको 'राष्ट्रघाती' अनुमति खोस्न मन्त्री भट्टराईको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2020 | 02:16:13 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हिमालय एयरले पाएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा रोकिदिएका छन्। 

नागरिक उड्डयन प्राधिकरणले मन्त्रालयसँग छलफल नै नगरी हिमालयलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङको सुविधा दिएको भन्दै मन्त्री भट्टराईले तत्काल यो निर्णय कार्यान्वयन नगर्न प्राधिकरणलाई निर्देशन दिएका हुन्। 

प्राधिकरणका महानिर्देशन राजन पोखरेललाई मन्त्रालयमा नै बोलाएर मन्त्री भट्टराईले सचिव केदार बहादुर अधिकारीलाई सँगै राखेर हिमालयलाई दिईएको अनुमति बारे जानकारी लिएका थिए। मन्त्री भट्टराईले तालुक मन्त्रालय र मन्त्रालयका अधिकारीलाई समेत थाहा नै नदिई प्राधिकरणले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको मन्त्रालय स्रोतले बताएको छ । 

मन्त्री तथा मन्त्रालयको उच्च तहलाई पूर्वजानकारी नदिई र मन्त्रालयबाट सहमति नलिई किन निर्णय गरियो भन्दै मन्त्री भट्टराईले महानिर्देशक पोखरललाई प्रश्न गरेका थिए। मन्त्रीको प्रश्नको जवाफ दिँदै महानिर्देशकले हिमालयले बुझाएको कागजात हेरेरै निर्णय लिईएको दाबी गरेका थिए ।

मन्त्री, सचिव र महानिर्देशकबीच भएको सो छलफलपछि मन्त्री भट्टराईले अहिलेलाई उक्त निर्णय कार्यान्वयन नगर्न र हिमालयको प्राविधिक क्षमता, व्यवसायिक प्रस्ताव, जनशक्ति सहित चौतर्फी विषयको अध्ययन गर्न निर्देशन दिएका छन्। 

निर्देशिकामा उल्लेख भएअनुसारको मापदण्ड पूरा नगरी ग्राउण्ड ह्याण्डलिङ सुविधा लिएका अरु कुनै एयरलाइन्स भए तिनको पनि सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा खोसेर तुरुन्त नेपाल एयरलाइन्सलाई दिनसमेत मन्त्री भट्टराइले निर्देशन दिएका छन्। एयर इण्डियन र थाई एयरवेजले पहिलेदेखि नै सेल्फ ग्राउण्ड ह्याण्डलिङ गर्दै आएका छन्। 

यती समुहको लगानी रहेको हिमालयलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ दिएपछि त्यसको बिरोध गर्दै निरन्तर आन्दोलित रहेको नेकपा निकट निगमको आधिकारिक ट्रेड युनियन नेपाल वायुसेवा निगम कर्मचारी युनियनले शुक्रबार असोज ९ गते नै निर्णय 'राष्ट्रघाती' भएको भन्दै फिर्ता लिन माग गरेको थियो।

बिरोधलाई निरन्तरता दिंदै युनियनले नेकपाका शिर्ष नेता तथा बिभिन्न सरोकारवालासँग वार्ता गरेको थियो थियो भने मन्त्री भट्टराईलाई बैठकनै डाक्न दबाब दिएको थियो। 

प्राधिकरणको ग्राउण्ड ह्याण्डलिङ निर्देशिका २०७२ को परिच्छेद २ को दफा ४ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हप्तामा ३५ उडान गर्ने एयरलाइन्स कम्पनीलाई ग्राउण्ड ह्याण्डलिङ सुविधान दिन सकिने उल्लेख छ। हिमालयले प्राधिकरणमा बुझाएको प्रस्तावमा हप्तामा ४५ उडान अनुमति पाएको देखाईएको बताईएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved