नीजि एयरलाइन्ससँग मिलेर निगम डुबाउने खेलको पर्दाफास

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2020 | 10:58:56 AM मा प्रकाशित

laxmi  sunrise bank


नेपाल वायुसेवा निगमको अपरेशन विभाग प्रमुख (उडान व्यवस्थापन) क्यापटेन दीपुराज ज्वार्चनले यती समूहसँग मिलेर निगमका पाइटलमाथि भेदभाव गर्ने गरेको खुलेको छ । ज्वार्चनले यती समूहले भनेका नेपाली तथा विदेशी पाइलट तथा कोपाइलटलाई मात्र उडान अनुमित दिने गरेको पाईएको हो । 

कोरोना भाइरस संक्रमणका कारण गत चैत ९ गतेदेखि बन्द भएको आन्तरिक तथा अन्तराष्ट्रिय उडानको अवधिमा ज्वार्चनले आर्थिक अवस्था खस्किएको निगमलाई झनै आर्थिक भार पर्ने गरी करारमा राखिएका विदेशी पाइलटलाई मात्र उडान गर्न दिएका थिए । करारमा सिमित मात्रामा तलब तोकिएको हुन्छ, जति उडान गरे त्यही अनुसारको सेवा सुविधा हुने भएपनि उनले नेपालीलाई छोडेर बढी सेवा सुविधा पाउने विदेशीलाई अनुमति दिएको निगमका अधिकारीहरु बताउँछन् । 

खर्च कटौती गर्ने भन्दै निगमले १५० भन्दा बढी करारका कर्मचारीलाई हटाएता पनि ज्वार्चनले डलरमा सेवा सुविधा पाउने विदेशी पाइलटलाई धेरै उडान दिएका थिए । नेपाली स्थायी पाइलटलाई रोकेर उनले यती समूहका मालिकको निर्देशनमा करारमा राखिएका विदेशी पाइलटलाई उडान गर्न दिएका हुन् । 

रोष्टर बन्द

ज्वार्चनले ओडी पदको दुरुपयोग गर्दै फ्लाइट रोष्टर (उडान तालिका) सार्वजनिक नगरी आफू अनुकुलका क्यापटेन तथा कोपाइलटलाई उडान भर्न दिने गरेका छन् । अपरेशन विभाग प्रमुख भएर निगममा आए यता च्वार्चनले रोष्टर नै नबनाई आफू निकटका विदेशी तथा नेपाली पाइलटलाई उडान गर्न दिएको पाइएको छ । 

निगम स्थापना कालदेखि नै २ साता अघिदेखि रोष्टरमा उडान तालिका सार्वजनिक हुने गरेकोमा उनले आफू अनुकलका पाइलटलाई उडान दिन रोष्टर बन्द गरेका हुन् । एकै व्यक्तिलाई धेरै उडान अनुमति दिईएको थाहा हुने भएपछि उनले रोष्टर बन्द गरेर नयाँ सफ्ट्वेयर सञ्चालनमा ल्याएका छन् । आम्र्च नामक उक्त सफ्ट्वेयरमा सम्बन्धित व्यक्तिले आफ्नो मात्रै उडान तालिका हेर्न पाउँछन् । 

सबै तालिका हेर्न मिल्ने भएपनि उनले आफ्नो मात्र हेर्न मिल्ने गरी सफ्ट्वेयर सञ्चालनमा ल्याएको निगमका पाइटलहरु बताउँछन् ।

‘आफू निकटका क्यापटेन तथा कोपाइलटलाई उडान दिनकै लागि दीपुले सफ्ट्वेयर सञ्चालनमा ल्याएका हुन्’, स्रोत भन्छ, ‘निगमका स्थायी पाइलटलाई छोडेर उनले आफूलाई सहयोग गर्ने तथा विदेशी पाइलटलाई मात्र धेरै उडान अनुमति दिएका छन् ।’

उनी विभागको प्रमुखका रुपमा निगममा आएपछि नै पाइटलमाथि भेदभाव गर्दै आएका थिए । उनले आफ्नो अधिकारको प्रयोग गर्दै अन्य वायुसेवा कम्पनीका अधिकारीहरुसँग मिलेर काम गर्दै आएको निगम स्रोतको दाबी छ । गत चैत ११ गतेदेखि सुरु भएको बन्दाबन्दीको अबधिमा निगममा करारमा राखिएका विदेशी पाइलटलाई मात्र उडान अनुमति दिएर उनले नेपाली पाइलटलाई लामो समयसम्म उडान गर्न दिएका थिएनन् । सिमित संख्यामा मात्र भएको चार्टर्ड उडानमा समेत उनले विदेशी पाइलटलाई उडान अनुमति दिएका थिए । 

यता निगमका प्रवक्ता अर्चना खड्का बन्दाबन्दीको समयमा धेरै उडान नहुँदा र जोखिमका कारण रोष्टर ननिकालिएको बताउँछिन् । आफ्नो बाहेक अन्यको हेर्न नपाउने भन्ने विषयमा उनले प्राविधिक विषय सम्बन्धित विभागमा बुज्न बताएपनि ज्वार्चनसँग सम्पर्क हुन सकेन । 

बन्दाबन्दीको समयमा धेरै जोखिम भएपछि सिमित पाइलट तथा कोपाइलटमार्फत उडान सञ्चालन गरिएको हो । उनका अनुसार केही पाइलटहरु कट्याक्ट ट्रेसिङमा परेको र केहीको लाइसेन्स सकिएको छ । लामो समय बन्द हुँदा ६/६ महिनामा नविकरण गर्नुपर्ने लाइसेन्सको अबधि सकिँदा सिमित पाइटलले उडान गर्ने गरेका हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved