नेपालीलाई घर फर्कन निरन्तर सहयोग गर्दै अष्ट्रेलियन नेपाली ट्राभल ब्यबसायी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2020 | 10:45:32 AM मा प्रकाशित

laxmi  sunrise bank

अस्ट्रेलियामा रहेर ट्राभल व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुले नेपालीहरुको उद्दारलाई तीब्रता दिएका छन् । उनीहरुले चौथो पटक नेपाल राजदुतवाससँग समन्वय गरि सेप्टेम्बर २७ तारिखमा सिंगापुर एअरलाइन्समार्फत ५ शिशुसहित १४७ जना नेपालीलाई उद्दार गरी नेपाल पठाएका छन् । नेपाल फर्किने नागरिकहरु अस्टेलियाको विभिन्न राज्य र न्यूजल्याण्डबाट स्वदेश फर्किएका छन् ।

उद्दार कार्यमा संलग्न ट्राभल एजेन्सीहरुमा यती ट्राभल्स, सांग्रिला ट्राभल्स, एभरेष्ट ट्राभल्स, कान्तिपुर ट्राभल्स, डिलाइटेड ट्राभल्स, काठमान्डू ट्राभल्स र नेपाल तथा अष्ट्रेलियाबाट संचालित दाभिंची ट्राभल्स रहेका छन् ।

यस उद्दार उडानमा नेपाल फर्कनेमा पर्यटन भिसा सकिन लागेका तथा कोभिड–१९ कारणले अस्ट्रेलिया अलपत्र परेका नेपालीहरु छन् । सरकारले १७ सेप्टेम्बरपछि  नियमित अन्तराष्ट्रिय उडानको तालिका सार्वजनिक गरेपनि अस्ट्रेलियाबाट ट्रान्जिट हुने देशहरु चीन र मलेसियासँग नियमित उडान नभएकोले त्यहाँ रहेका नेपाली व्यवसायीले नै पहल गरेर छोटो मार्गबाट नेपालीहरुको उद्दार थालेका हुन् ।

गैर आवासीय नेपाली संघ, अष्ट्रेलियाका नेपाली संस्थाहरुको छाता संगठन फेन्का, चिकित्सकहरुको संस्था एम्डा अस्ट्रेलियासहित विभिन्न संघ सस्थासँग समन्वय गरि पर्यटन मन्त्रालयबाट अनुमति लिएर उडान गरिएको बताईएको छ । 

दाभिंची ट्राभलका निर्देशक राजु थापाले उक्त चार्टर्ड उडानबाट नेपाल फर्किने सबै यात्रुहरुले उडान अगाडी ७२ घण्टा भित्रको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट साथमा लिएर आएको र नेपाल आईसकेपछि सरकारको स्वास्थ्य प्रोटोकल मान्दै १४ दिन होम क्वारेन्टिनमा बस्ने बताएका छन्। 

उनकाअनुसार प्रतिव्यक्ति भाडा १७ सय ३५ अष्ट्रेलियन डलर तोकिएको छ भने विजेनेस क्लासका लागि २ हजार ३८० डलर भाडा तोकिएको छ । फष्टकम फष्ट सर्भ र जरुरी मामलाको आधारमा यात्रु हरुलाई सेवा दिएको डीलाईटेड ट्राभल्सका संचालक आसिस जंग थापाले जानकारी दिए ।

कोरोना परीक्षणको लागि सबै यात्रुहरुलाई सजिलो हुने गरि व्यस्थापन गरिएको र भबिस्यमा पनि अस्ट्रेलिया र न्यूजल्याण्डबाट नेपाली नागरिकलाइ स्वदेश फर्काउने कार्यलाई निरन्तरता दिने  एसोसिएशन अफ अष्ट्रेलियन नेपाली ट्राभल  एजेन्ट्स  एसोसिएशनका पब्लिक अफिसर तथा गैर आवासीय नेपाली संघ अस्टेलियाका  युवा संयोजक  एर्शाद अहमदले बताए । 


आफूहरुको मुख्य उद्देश्य अस्ट्रेलियामा अप्ठेरोमा परेका तथा स्वदेश फर्किन नसकेका नेपाली नागरिकलाई सुरक्षित तथा सावधानीकपूर्वक स्वदेश फर्किन सहयोग गर्ने रहेको कान्तिपुर ट्राभलका प्रमुख सन्तोष न्यौपाने बताउँछन्। सांग्रिला ट्राभलका संचालक सुरेन्द्र सापकोटा नेपालीहरुको उद्दार गर्न पाउँदा आफूहरुलाई सन्तुष्टि मिलेको बताउँछन्।

यति ट्राभल्स एन्ड टुर्सक़ा संचालक तथा  एसोसिएशन अफ अष्ट्रेलियन नेपाली ट्राभल एजेन्ट्सको(AANTA) क़ा संयोजक महेन्द्र लम्सालले  नेपाल सरकारले अस्टेलियाबाट नेपालमा बिमान अवतरण अनुमति दिएकोले पर्यटन मन्त्रालय लगायत समन्धित  मन्त्रालय तथा बिमान कम्पनि प्रतिनिधि ,नेपाल राजदुताबास क्यानबेरा ,तथा अन्य संघ सस्थालाई धन्यवाद दिए।

नेपाली स्थित सिल्क/सिंगापुर नेपालक़ा  प्रतिनिधि सुधिर पाण्डेले नेपाली नगारिकलाइ उद्दार गर्ने कार्यमा सिंगापुर एयरलाइन्स रोजेकोमा धन्यवाद दिए र छिटै कमर्सियल उडान मार्फत  सेवा सुचारु गर्ने जानकारी दिए।

यस अघि पनि  अस्ट्रेलियामा रही ट्राभल व्यवसायमा संलग्न  नेपाली ट्राभलहरुको  संयुक्त पहलमा नेपाल राजदुतबाससंग समन्वय गरि  सेप्टेम्बर १९  तारिख सिंगापुर एअरलाइन्स मार्फत २५५ जना नेपाल फर्किसकेका छन्।  त्यसै गरि गैरआवासीय नेपाली संघ र नेपाल राजदुताबास अस्ट्रेलियाको  समन्वयमा दा भिन्ची ट्राभल्स र एभेरस्ट ट्राभल्सको व्यस्थापनमा  १४ जुलाईमा  १४९ र ६ अगस्तमा २९८ नेपाली नागरिक  स्वदेश फर्किसकेका छन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved