विदेशी पाइलटभन्दा नेपालीलाई बढी सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2020 | 04:48:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विदेशी विमानचालक (पाइलट) ले भन्दा नेपाली पाइलटले धेरै तलब बुझ्ने गरेको जनाएको छ । कोभिड–१९ महामारीको प्रभावका कारण विदेशी पाइलटलाई बेतलबी विदादेखि करार अवधिसमेत छोट्याएसँगै नेपाली पाइलटको न्यूनतम तलब बढेको हो । 

जुलाई (साउन) महिनाको तथ्याङ्कअनुसार नेपाली पाइलटले न्यूनतम ५ लाख २९ हजार १८७ रुपैयाँ बुझेका छन् । उक्त समयमा विदेशी पाइलटले ४ लाख ८० हजार मात्र बुझेका छन् । २०७६ चैतदेखि विदेशीका हकमा ५० देखि ६० प्रतिशतसम्म सेवा सुविधा एवम् पारिश्रमिक कटौती गरिएको, करार अवधि समाप्त भएका सात जना विदेशी पाइलटको करार सेवा नवीकरण नगरिएको र हाललाई न्यूनतम संख्यामा उडानहरु भर्न सक्ने गरी ६ जनामात्र विदेशी पाइलट राखिएको निगमको अपरेशन विभागले जनाएको छ । 

६ जना विदेशी पाइलटको ६६ प्रतिशत सम्म सेवा सुविधा तथा पारिश्रमिकमा कटौती गरी करार अबधि समेत कम गरिएको छ । निगम सञ्चालक समितिको निर्णयअनुसार पछिल्लो पटक विदेशी पाइलटको करार नवीकरण गरी खुद तलब प्रतिमहिना ४ हजार अमेरीकी डलर र बसोबास खर्च १ हजार अमेरीकी डलर मात्र तोकिएको छ ।

कोभिड–१९ महामारीको विषम परिस्थितिमा आवश्यक स्वास्थ्य सामग्री ल्याउन र विभिन्न देशमा अलपत्र परेका नागरिकलाई स्वदेश ल्याउन निगममा कार्यरत नेपाली तथा विदेशी पाइलटहरुको महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 

एयरवस ३३० को एक विदेशी पाइलटको करार भङ्ग तथा अर्का एक  पाइलटलाई पूर्ण वेतलबी विदामा राखिएको निगमले जनाएको छ । बन्दाबन्दी शुरु भए लगत्तै प्रभावकारी जनशक्ति योजना व्यवस्थापनका साथै क्रमिकरुपमा भइरहेको सेवा सुविधा तथा पारिश्रमिक कटौती एवम् करार भङ्ग तथा नवीकरण नगरिएका कारण विदेशी पाइलटप्रति निगमको आर्थिक दायित्व घट्न गई जुलाई महिनामा जम्मा मासिक रु ७३ लाख ७१ हजार मात्र रहेको जनाएको छ । जुन कोभिड–१९ अघिको तुलनामा ७७ प्रतिशत कम हो ।

यसैगरी निगमको वर्तमान अप्रेसन म्यानुअल ट्रेडिङअनुसार एयरबस ३२० जहाजमा कम्तिमा ६ जना र बढीमा ९ जनासम्म इक्जामिनर प्रशिक्षक पाइलटको जरुरी रहेको र सन् २०१९ मा निगमले तयार गरेका नेपाली प्रशिक्षक पाइलटमध्ये एक जना प्रशिक्षक पाइलट करिव २ महिनाको सेवा मात्र गरी ए ३३० को तालिममा गएका र निगमको ए ३२० जहाज सञ्चालन गर्न प्रशिक्षक पाइलटको अभावले हाल एक जना मात्र विदेशी प्रशिक्षक पाइलट करारमा  राखिएको उल्लेख छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved