वायुसेवा निगमले भन्यो: कारोना संक्रमण देखिए सम्पूर्ण जिम्मा यात्रुको

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2020 | 02:21:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमको नियमित उडान मार्फत विदेश गएका नेपालीमा सम्बन्धीत देशमा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएमा सम्पूर्ण जिम्मा स्वंय यात्रुको हुने निगमले जनाएको छ । 

विगत केही दिनयता निगमको हङकङ, दुबई तथा जापनको नारिता उडानका क्रममा ७२ घन्टे पीसीआर रिपोट भएका नेपालीमा पुनः संक्रमण पुष्टि भएपछि निगमले आज एक विज्ञप्ती प्रकाशन गर्दै सम्पूर्ण जिम्मा यात्रुको रहने बताएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मान्यता दिएको प्रयोगशालामा परीक्षण गरेको रिपोटका आधारमा उडान गर्दा समेत संक्रमण देखिदा निगमलाई आर्थिक भार सगैँ प्रतिष्ठामा ठूलो नोक्सानी भएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठ बताउँछिन् । 

उनका अनुसार केही देशमा निगमको उडानमा प्रतिबन्ध लगाएको र केहीले सचेत गराउँदा निगमको मात्र नभई समग्र देशकै प्रतिष्ठामा नकारात्मक असर पर्नुका साथै स्वास्थ्य प्रयोगशालाहरुको विश्वसनियताकै प्रश्न खडा गरेको छ । 

विज्ञप्तीमा भनिएको छ, ‘निगमले नेपाल सरकारबाट मान्यता प्राप्त स्वास्थ्य प्रयोगशालाहरुलाई सजकता अपनाउन अनुरोध गर्दछ । पीसीआर नमूना परीक्षणमा दिएपश्चात विशेष सावधानी अपनाई पूर्ण रुपमा सजग रहन यात्रुलाई अनुरोध गर्दछ । रिपोट नेगेटिभ देखाएर उडान गर्ने यात्रुहरुको सम्बन्धीत देशहरुमा पुनः परीक्षण गर्दा पोजेटिभ देखाएमा त्यसको सम्पूर्ण जिम्मेवारी यात्रु स्वयम्ले लिनु पर्छ ।’


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved