निजी हेलिक्प्टरका मालिक नै निगमको सञ्चालक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2020 | 05:13:10 PM मा प्रकाशित

laxmi  sunrise bank

अल्टीच्यूट एयरको अध्यक्षबाट राजिनामा दिएर निजी क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल एयरलाइन्स सञ्चालक समितिको सदस्यमा गएका फुर्वाग्याल्जेन शेर्पा पुनः हेलि एभरेष्टमा गएका छन् । 

अल्टीच्युट एयरबाट राजीनामा दिइसकेको र आफ्नो कुनै भूमिका नभएको भन्दै गत असारमा निगमको सदस्यका रुपमा उनले नियुक्ति लिएका थिए । नियुक्ति लिएको ४ महिनापछि अर्थात शनिबार निजि क्षेत्रकै लगानीमा सञ्चालन भएको हेलि एभरेष्टमा प्रवेश गरेका हुन् । हेलि स्रोतका अनुसार ३३ प्रतिशत सेयर लिएर उनी प्रवेश गरेका हुन् । २ वटा हेलिकप्टर रहेको हेलि एभरेष्टको अध्यक्ष लाक्पा शेर्पा हुन् ।

निगम सञ्चालक समितिमा निजी क्षेत्रको लगानीमा सञ्चालित प्रतिस्पर्धी एयरको प्रतिनिधिलाई लैजादा निगमको हितमा कार्य गर्न नसकेको आरोप लाग्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved