उडान हुनु चार घण्टा अगाडी नै विमानस्थलमा पुग्नुपर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2020 | 04:00:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमले उडान गर्नुभन्दा चार घन्टा अगाडी विमानस्थलमा आइपुग्न यात्रुहरुलाई आग्रह गरेको छ । निगमले कोभिड–१९ का कारण उडान समयभन्दा तीन घन्टाअघि विमानस्थल पुग्नुपर्ने भएतापनि चारघन्टा अगाडी नै विमानस्थल आइपुग्न आग्रह गरेको हो । 

निगमले एक सूचना प्रकाशन गर्दै हङकङ, नारिता जस्ता गन्तव्यमा उडानका लागि टिकट लिएका यात्रुलाई चार घण्टा अघि विमानस्थल पुग्न आग्रह गरेको हो । पछिल्लो समय निगनको दुबई तथा हङकङ उडानका क्रममा पीसीआर परीक्षण रिपोर्टमाथि नै प्रश्न गर्दै दुबै देशले उडानमा प्रतिबन्ध लगाएका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved