दुई अन्तराष्ट्रिय विमानस्थल निर्माणमा विदेशी कामदार बाधक

समुन्द्र घिमिरे

समुन्द्र घिमिरे

Nov 30, 2020 | 01:45:39 PM मा प्रकाशित

laxmi  sunrise bank

दुई ठूला राष्ट्रिय गौरवका आयोजनामा कार्यरत कामदारहरु विदेशमा रोकिँदा काम प्रभावित भएको छ । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका कामदारहरु विभिन्न देशमा रोकिँदा काम प्रभावित भएको हो ।

नयाँ वर्ष मनाउन चीन गएका कामदारहरु नफर्किदा उपकरणहरु जडानमा समस्या भएको नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले जनाएको छ । कामदार नहुँदा जडान गर्नुपर्ने उपकरणहरु समेत यत्तिकै थन्किएका छन् । सन् २०२० को सुरुबाटै भैरहवा विमानस्थल सञ्चालनमा ल्याईने तयारी भएपनि हाल निर्माणको काम रोकिएको छ । भैतिक संरचना निर्माण सम्पन्न भएपनि प्राविधिक कामहरु सुचारु नहुँदा विमानस्थल सञ्चालनको टुङ्गो नभएको क्यानका निर्देशक एवं राष्ट्रिय गौरवका आयोजना प्रमुख प्रदीप अधिकारी बताउँछन् । 

२०७१ सालमा सुरु गरिएको गौतमबुद्ध विमानस्थल र २०७४ सालमा सुरु गरिएको पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल अब एकसाथ निर्माण सकेर सञ्चालनमा ल्याउने तयारी थालिएको छ । चीन, थाइल्याण्ड, अमेरिका तथा अष्टे«लियका कामदारहरु नफिर्किदा भैरहवा तथा पोखरा विमानस्थल अब एकै समय सञ्चालनमा ल्याईने तयारी भएको क्यानले जनाएको छ । गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति हाल ९३ प्रतिशत सकिएको छ ।

दुवै विमानस्थलमा कार्यरत चिनियाँ कामदारहरु कोरोना भाइरस विरुद्धको खोप लगाएर मात्र नेपाल फर्कने जानकारी आएको क्यानका प्रवक्ता राजकुमार क्षेत्री बताउँछन् । उनका अनुसार हाल निर्माणमा संलग्न कामदारहरु समेत खोप लगाउन चीन जाने तयारीमा छन् । 

सन् २०१५ जनवरी १५ अर्थात २०७१ साल माघ १ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास हुँदा २०१७ डिसेम्बरमा निर्माण सक्ने लक्ष्य थियो । तर ५ वर्ष बितिसक्दा पनि निर्माण सकिएको छैन । 

स्थानीय साझेदार र चिनियाँ ठेकेदारबीचको विवाद तथा भारतीय नाकाबन्दीका कारण ढिलाइ भएको भन्दै २०२० डिसेम्बरका लागि पाँचौ पटक म्याद थप गरिएको छ । पाँचौ पटक थपिएको म्याद भित्र बाँकी काम सम्पन्न गरेर सञ्चालनको तयारी भएको क्यानका अधिकारीहरु बताउँछन् । भैरहवा र पोखरा विमानस्थल २०७८ वैशाख १ गते सञ्चालनको तयारी भएको छ । 

भैरहवा विमानस्थल निर्माणको लागि चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्टसँग ६ अर्ब २२ करोड ५१ लाख २० हजार २२८ रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । आइसिपी–१ र आइसिपी–२ गरी विमानस्थलको निर्माणको कार्य गरिएकोमा आइसिपी–१ अन्तर्गतका अधिकांश कामहरू सम्पन्न भइसकेका छन्  । आइसिपी–२ अन्तर्गतका कामहरू कोरोनाका कारण प्रभावित हुँदा विमानस्थल निर्माणको काममा ढिलाई हुँदै आएको छ । आइसिपी–१ अन्तर्गत धावनमार्ग, ट्याक्सी वे, टर्मिनल भवनलगायत संरचना निर्माण सम्पन्न भइसकेका छन् ।

पोखराको प्रगति ६५ प्रतिशत 

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति जम्मा ६५ प्रतिशत मात्रै पूरा भएको छ । २०७४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको विमानस्थल सन् २०२१ जुलाई १० भित्रमा निर्माण सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङसँग सम्झौता भएको थियो । सम्झौता अबधिभन्दा ६ महिना अगाडी नै निर्माण सम्पन्न गर्नेगरी काम भएको बताईएपनि अहिले कोरोनाका कारण काममा बाधा परिरहेको छ । आयोजनाको बाँकी ३५ प्रतिशत काममध्ये २० प्रतिशत प्राविधिक काम बाँकी रहेको र सम्झौता अबधिभित्र नै विमानस्थल निर्माण सम्पन्न गर्ने लक्ष्य छ । 

हालसम्म धावनमार्ग, आन्तरिक र बाह्य टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल भवनलगायत अधिकांश काम सकिएको छ । ह्यांगर, पार्किङ, सडक, नाला, टर्मिनल भवनलगायतका भवनको फिनिसिङ, मुख्य प्रवेशद्वारको सडक ढलानलगायत निर्माणका काम सम्पन्न भइसकेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved