महालक्ष्मीको सीईओबाट रमेशकुमार भट्टराइको राजीनामा, नयाँ सिइओमा मिश्र र लामिछानेको चर्चा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 04, 2017 | 03:44:09 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी बिकास बैंकका प्रमुख कार्यकारी अधिकृतबाट रमेशकुमार भट्टराईले राजिनामा दिएका छन। एक बर्षको छोटो अवधिमा दुई वटा मर्जर सफलतापुर्वक सम्पन्न गरी राष्ट्रिय स्तरको उत्कृष्ट मध्येको एक महालक्ष्मी बिकास बैंक बनाएपछी भट्टराईले सीईओ पदबाट राजीनामा गरेका हुन। 

भट्टराईले कात्तिक १ देखि लागु हुने गरी महालक्ष्मी बिकास बैंकका प्रमुख कार्यकारी अधिकृतबाट राजिनामा दिएको जानकारी दिएका छन। साबिकको यती डेभलपमेन्ट बैंकलाई गाभेर महालक्ष्मी बिकास बैंक बनाएका भट्टराईले मर्जर पछि बैंकलाई अझ प्रगतीमा लैजान बाहिरबाट स्वतन्त्र र अझै सक्षम ब्यक्तिको नियुक्तिको लागि बाटो खोल्न आफुले सिईओ पदबाट राजिनामा दिएको बताएका छन। 

२०३९ सालमा नेपाल बैंकबाट अधिकृत तहबाट बैंकिङ करियर सुरु गरेका भट्टराईले ३५ बर्षको यात्रामा आधा दर्जन कम्पनी दर्ता गरेर सफलता पुर्वक अगाडी बढाएका छन। नेपाल राष्ट्र बैंकबाट २०५२ मंसिर १४ गते अनुमति लिई आफ्नै इनिसियसनमा संचालन गरेको महालक्ष्मी फाइनान्सलाई राष्ट्रिय स्तरको सबै भन्दा बढी चुक्ता पुंजी भएको विकास बैंक बनाएर भट्टराईले सीईओ पदबाट राजीनामा दिएका हुन। 

भट्टराईले समान स्तरको साबिकको यति डेभलपमेन्ट बैंकसंगको मर्जर पश्चात बनेको महालक्ष्मी बिकास बैंकलाई अझ प्रगतिमा लैजान बाहिरबाट नै स्वतन्त्र र अझै सक्षम ब्यक्तिको नियुक्तिको लागि बाटो खोल्नु पर्ने विचार व्यक्त गरेका थिए। 

भट्टराईले नेपाल सरकारबाट बिमा कम्पनी संचालन गर्ने अनुमति पाएको महालक्ष्मी लाइफ इन्स्योरेन्सको जिम्मेवारी सम्हाल्ने अनुमान गरिएको छ।    नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतका रुपमा जिम्मेवारी सम्हालेका भट्टराईसंग एसियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारीको समेत अनुभब रहेको छ।

त्यस्तै महालक्ष्मी बिकास बैंकको प्रमुख कार्यकारीमा कैलाश विकास बैंकका पूर्व प्रमुख कार्यकारी कृष्णराज लामिछाने र जनता बैंकका नायब  प्रमुख कार्यकारी अधिकृत अजय मिश्रको चर्चा छ।      

  






 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved