एनएमबि बैंकको ‘एक घर एक खाता’ अभियान दोस्रो चरणमा, घरदैलोमा पुग्नेछन राजेश हमाल

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 09, 2017 | 06:30:06 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकको ‘एक घर एक खाता’ अभियानको दोस्रो चरण सुरु भएको छ। यस अभियानको मुख्य नारा ‘सम्वृद्धिको पहिलो पाईला’ रहेको छ।

नेपाली सिने क्षेत्रका अभिनेता राजेश हमाललाई लिएर देशव्यापी रुपमा बिभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरु गर्नेे बैंकले जनाएको छ। हरेक नेपालीको बैंकमा एक खाता तथा सरल वित्तीय पहुँच होस् भन्ने उद्देश्यले अभियान थालिएको बैंकले जनाएको छ।

अभियानले वित्तीय प्रणालीबाटै कारोवार गर्ने, वित्तीय साक्षरता बढाउने, बचत गर्ने बानी बसाउने तथा डिजिटल बैकिङ्गको अवधारणालाई समेत आत्मसाथ गराउने बैंकको बिश्वास छ।

अभियानको बारेमा जानकारी दिँदै बैंकका कार्यकारी अधिकृत सुनिल केसीले सिने क्षेत्रका अभिनेता राजेश हमाललाई यस योजनाको प्रर्वधक दुतका रुपमा लिई दोस्रो चरणको अभियान पनि थाल्न पाएकोमा खुसी व्यक्त गरे।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved