चितवनको कुरिनटारमा लुम्बिनी विकास बैंकको शाखा कार्यालय संचालनमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 09, 2017 | 07:10:46 PM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी विकास बैंकले चितवनको कुरिनटारमा शाखा कार्यालय संचालनमा ल्याएको छ। ग्रामीण क्षेत्रमा बैंकिङ्ग पहुँच पुर्याउने योजना अन्तर्गत कुरिनटारमा ५५ औं शाखा कार्यालय संचालनमा ल्याइएको बैंकले जनाएको छ।

उक्त शाखाको उद्घाटन ईच्छाकामना गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ्ग र लुम्बिनी विकास बैंकका संचालक समितिका अध्यक्ष सुशिल राज पराजुलीले संयुक्त रुपमा गरे।

स–साना निक्षेप परिचालन भई साना तथा मझौला व्यवसाय र कृषिमा कर्जा लगानी गर्न ग्रामीण शाखाहरु सफल हुने बैंकको विश्वास छ। उक्त शाखा कार्यालयबाट विभिन्नप्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एबिबिएस, मोबाइल बैंकिङ, रेमिट्यान्स, लकर लगायतका सेवाहरु उपलव्ध हुने विकास बैंकले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved