एनआइसी एसिया बैंकले एक दिनमै सुन कर्जा दिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 10, 2017 | 06:55:00 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंकले सुन धितो राखेर कर्जा लिने गरी 'एनआईसी एसिया गोल्ड लोन' योजना ल्याएको छ। सबैभन्दा सजिलो र छिटो रुपमा सेवाग्राहीलाई सुन धितो कर्जा दिने बैंकले जनाएको छ। 

सेवाग्राहीले एनआइसी एसियामा सुन धितो राखेर न्युनतम ३० हजार र अधिकतम ५ करोड कर्जा प्राप्त गर्नसक्नेछन। आकर्षक ब्याज दरमा एकै दिनमा पैसा निकाल्न सकिने र निःशुल्क बीमा सुविधा दिने बैंकले जानकारी दिएको छ । बैंकले लगानी विविधिकरण अन्तर्गत सुन कर्जा योजना ल्याएको बताएको छ। 

ग्राहकले अर्नामेंट सुन धितो राख्दा त्यसको ७० प्रतिशतसम्म र फाइन र गोल्ड कोइन धितो राख्दा त्यसको ८० प्रतिशतसम्म कर्जा प्राप्त गर्नेछन्। सेवाग्राहीले अधिकतम १ बर्षसम्मका लागि यो कर्जा प्रयोग गर्ने सक्ने र आवश्यकता अनुसार नबिकरण हुने बैंकले जनाएको छ ।   

थप जानकारीका लागि यो लिंकमा जान सक्नुहुनेछ।






 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved