टुरिजम डेभलपमेन्ट बैंकको तर्फबाट बाढी पहिरो प्रभावितलाई १२ लाख हस्तान्तरण, कर्मचारीले दिए आफ्नो तलब

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 10, 2017 | 06:42:11 PM मा प्रकाशित

laxmi  sunrise bank

टुरिजम डेभलपमेन्ट बैंकले प्रधानमन्त्री दैवि विपत्ति राहतकोषमा १२ लाख रुपियाँ सहयोग गरेको छ। बैंकका अध्यक्ष प्रा. डा. पुष्पराज कंडेल, संचालकहरु दिपक महत, ठाकुर प्रसाद भट्टराइ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल सम्मिलित टोलीले प्रधानमन्त्री शेरवहादुर देउवालाई आज उक्त रकम हस्तान्तरण गरेका हुन् । 

गत साउन महिनामा भएको भारी बर्षाको कारण मुलुकको बिभिन्न भुभागमा बाढी तथा पहिरोको प्रकोपबाट पिडित जनतालाई राहत र पुनस्र्थापनामा सहयोग÷सहकार्य गर्नु मानविय कर्तब्य र सामाजिक उत्तर दायित्व महसुस गरी १२ लाख रुपैयाँ प्रधानमन्त्री दैविविपत्ति राहतकोषमा सहयोग उपलब्ध गराउने निर्णय अनुसार आज उक्त रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

बैंकले स्थापनाकाल देखिनै संस्थागत सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्दैे राष्ट्रिय विपत्ति तथा सामाजिक कल्याणका क्षेत्रमा आफ्नो क्षमता अनुसार सहयोग गर्दै आएको बैंकका सीईओ ढकालले बताए। 

बैंकका कर्मचारीहरुले आ–आफ्नो पारिश्रमिक र बैंकका तर्फबाट समेत गरी एकमुष्ठ रुपमा १२ लाख रुपैयाँ प्रधानमन्त्री दैविविपत्ति राहतकोषमा सहयोग उपलब्ध गराएका हुन। बैंकले यो सानो सहयोगले केहि मात्रामाभएपनि राहतकार्यमा सघाउपुग्ने बिश्वास राख्दै भविष्यमा पनि निरन्तर सहयोगको प्रतिबद्दता जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved