नबिल बैंकद्वारा अनलाइन पेमेन्ट गेटवेको शुभारम्भ

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 11, 2017 | 06:42:28 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकले नविल विद्युतीय भुक्तानी प्रणालीको शुभारम्भ घोषणा गरेको छ। सुरक्षित वातावरणमा विद्युतीय व्यापार कारोबारहरूमा सहजीकरण गर्ने उदेश्यले संचालनमा ल्याइएको यस अनलाइन पेमेन्ट गेटवेको शुभारम्भ गरिएको बैंकले जनाएको छ। 

नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले यस सेवाको उद्घाटन गर्दै नेपाल सरकार र नेपाल राष्ट्र बैंकको विद्युतीय कारोबारलाई  प्रोत्साहन गर्ने उद्देश्यमा बैंकको यस सेवा देशमा डिजिटल बंैकिङ सेवालाई अर्काे स्तरमा प्रवद्र्धन गर्नका लागि कोसेढुंगा सावित हुने बताए।

अब नेपाली व्यवसायीहरूले नेपालमा वा विदेशमा जारी गरिएका भिसा, मास्टरकार्ड वा युनियन पे इन्टरनेसनल ब्रान्डका कुनै पनि कार्डहरु मार्फत  भुक्तानी स्वीकार गरी आफ्नो वस्तु तथा सेवा सुरक्षित वातावरणमा अनलाइन बिक्री गर्न सक्ने बैंकले जनाएको छ। बैंकले नेपालमा नबिल बैंक भिसा इन्टरनेसनल, मास्टर र्काड इन्टरनेसनल र युनियन पे इन्टर नेसनलको अग्रज सदस्य रहेको जानकारी दिएको छ। 

'अन्तर्राष्ट्रिय अनलाइन भुक्तानीलाई प्रत्यक्ष सहजीकरण गर्दै यस सेवाले हाम्रो निर्यात तथा पर्यटन उद्योगलाई सघन रुपमा प्रवद्र्धन गर्न सहयोग पुर्याउनका साथै प्रत्यक्ष रूपमा विदेशी मुद्रा आर्जन गर्न सहयोग पुर्याउँछ, जुन आजको मितिसम्म सम्भव थिएन' नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले भने ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved