लघुवित्त र बिमा कम्पनीमा एकै ब्यक्ती संचालक बन्न नपाउने, सेवा शुल्कको सिलिङ तय

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 14, 2017 | 07:12:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०७४ मार्फत बिमा कम्पनी र लघुवित्त कम्पनीमा एकै ब्यक्ती संचालक, सल्लाहकार वा कुनै पनि पदमा बस्न नपाउने लगायतको नयाँ व्यवस्था गरेको छ।

यस अघि एकभन्दा बढि वित्तीय संस्था, सरहकारी ऐन अन्तरगतमा बचत तथा ऋण सहकारी संस्थामा यी पदमा रहेकालाई मात्र लघुवित्तमा पनि रहन रोक्का गरिएको थियो । 

त्यस्तै  लघुवित्त वित्तीय संस्थाको संस्थापक, सञ्चालक वा शून्य दशमलव एक प्रतिशतभन्दा बढी शेयर लिएको शेयरधनी तथा निजको परिवार सोही संस्थाको स्वतन्त्र सञ्चालक हुन पाउने छैन । स्वतन्त्र सञ्चालकले धारण गरेको शेयर स्वामित्व गणना गर्दा परिवारका सबै सदस्यहरुले धारण गरेको कुल शेयर संख्यालाई आधार मान्नु पर्नेछ ।

तर संस्थाले ‘पूर्वाधार विकास बैंक’ मा लगानी गरेको अवस्थामा सो संस्थाको सञ्चालक हुन यस व्यवस्थाले बाधा पुर्याएको मानिने छैन ।   

गोपनियताको सपथ नलिए पद स्वतः खारेज 

लघुवित्त वित्तीय संस्थामा निर्वाचित÷मनोनयन भएको प्रत्येक सञ्चालकले आफू निर्वाचित वा मनोनित भएको मितिले बढीमा पैँतीस दिनभित्र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ बमोजिम पद तथा गोपनियताको शपथ लिइ सक्नु पर्नेछ । 

अध्यक्षले सपथ लिँदा काठमाडौं उपत्यकाभित्र प्रधान कार्यालय रहेका राष्ट्रिय स्तरका संस्थाहरुको हकमा यस बैंकको बैंक तथा वित्तीय संस्था नियमन

विभागका कार्यकारी निर्देशक वा निर्देशक समक्ष र काठमाडौँ उपत्यका बाहिर प्रधान कार्यालय रहेको वा संस्थाहरुको हकमा सम्बन्धित क्षेत्र हेर्ने नेपाल राष्ट्र बैंक कार्यालयको निर्देशक समक्ष पद तथा गोपनियताको सपथ लिनु पर्नेछ । 

त्यसैगरी, सञ्चालक तथा कार्यकारी प्रमुखले संस्थाको अध्यक्ष समक्ष र अन्य पदाधिकारी तथा कर्मचारीले कार्यकारी प्रमुख वा निजले तोकेको पदाधिकारी समक्ष सपथ लिनु पर्नेछ । यस व्यवस्था बमोजिम सपथ नलिएमा सम्बन्धित अध्यक्ष, सञ्चालक, पदाधिकारी वा कर्मचारीको पद स्वतः खारेज हुनेछ ।


सम्पत्ति विवरण तथा स्वघोषणा सम्बन्धी व्यवस्थाः

लघुवित्त संस्थाले आफना सञ्चालक, प्रमुख कार्यकारी अधिकृत तथा अधिकृत स्तरका कर्मचारीहरु र निजका परिवारको नाममा रहेको चलअचल सम्पत्ति र बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको विवरण हरेक आर्थिक वर्ष समाप्त भएको ३५ दिनभित्र अद्यावधिक गरी राख्नुपर्नेछ । 

साथै, इजाजतपत्रप्राप्त संस्थाले प्रमुख कार्यकारी अधिकृत तथा अधिकृत स्तरका कर्मचारीहरु नियुक्ति गर्दा सम्बन्धित व्यक्तिसँग यस निर्देशनको अनुसूची नं. घ ६.५ बमोजिमको स्वघोषण गराउनु पर्नेछ ।  


धितोपत्र बजारमा ४९ प्रतिशत सेयर कारोबार गर्न पाउने 

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ११ (४) को प्रयोजनको लागि यस बैंकको स्वीकृति लिई ५१ प्रतिशतभन्दा बढी संस्थापक समुहको शेयर स्वामित्व रहेका लघुवित्त वित्तीय संस्थाका संस्थापक शेयरधनीहरुले चाहेमा संस्थापक समुहको शेयर स्वामित्व कम्तिमा ५१ प्रतिशत कायम रहने गरी बाँकी शेयर सर्वसाधारण शेयर सरह धितोपत्रको दोस्रो बजार माफत कारोबार गर्न सक्नेछन। तर यस सम्बन्धमा आवश्यक शर्तहरु यस बैंकले तोक्न सक्नेछ । 


सेवा शुल्क सम्बन्धमा

(क) लघुवित्त वित्तीय संस्थाले निक्षेप खाता सञ्चालन गरे वापत ग्राहकबाट कुनै किसिमको सेवा शुल्क लिन पाइने छैन ।

(ख) कर्जा प्रवाह गर्दा लघुवित्त वित्तीय संस्थाले स्वीकृत कर्जामा २ प्रतिशत भन्दा बढी सेवा शुल्क लिन पाउने छैन । 


साइनबोर्ड तथा लेटरप्याड सम्बन्धमा

लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो साइनबोर्ड तथा लेटरप्याडमा संस्थाको नामको ठीक तल अनिवार्यरुपमा 'नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्रप्राप्त संस्था (..... जिल्ला कार्य क्षेत्र भएको)'  वाक्यांश उल्लेख गर्नु पर्नेछ । तर राष्ट्रिस्तरका लघुवित्त वित्तीय संस्थाहरुले कार्यक्षेत्र सम्बन्धी विवरण उल्लेख गर्न अनिवार्य हुने छैन ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved