सेन्चुरीबाट अनुजमणि तिमिल्सेना बाहिरीए, कायममुकायम सीईओमा जीवन भट्टरार्इ नियुक्त

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 18, 2017 | 07:56:16 AM मा प्रकाशित

laxmi  sunrise bank

सेन्चुरी बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा जीवन भट्टराई नियुक्त भएका छन। बैंकका प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सेनाको राजिनामा स्वीकृत गरी भटराईलाई कामुको जिम्मेवारी दिइएको हो।

 आइतबार बसेको सेञ्चुरी बैंक सञ्चालक समितिको २४२ औं बैठकले बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भट्टराईलाई कायम मुकायम प्रमुखको जिम्मेवारी दिएको हो। तिमिल्सिनाले आफ्नो अधिकार कटौती गरेको आरोप लगाउँदै सीईओ पदबाट राजीनामा दिएका थिए ।

कामुको जिम्मेवारी पाएका भट्टराई दोस्रो वरियताको रुपमा बिगत ८ बर्षदेखि सेन्चुरीमा कार्यरत छन। लामो समयदेखि सेन्चुरीमा दोस्रो वरियताको रुपमा काम गर्दै आएका भट्टराईसंग करिब २१ बर्षको बैंकिङ अनुभव छ। 

भट्टराइसंग हिमालयन बैंकमा ५ वर्ष, सिद्धार्थ बैंकमा ८ वर्ष र सेञ्चुरीमा ८ वर्ष गरी २१ वर्षको बैंकिङ्ग अनुभव छ। त्यस्तै भट्टराईले अर्थशास्त्र,जनप्रशासन र व्यवस्थापन गरी तीन विषयमा स्नातकोत्तर गरेका छन् भने कानुनमा स्नातक गरेका छन्। 

अधिवक्ता र अडिटर समेत रहेका भट्टराईलाई नयाँ बैंक स्थापना तथा सञ्चालन, ट्रेजरी व्यवस्थापन, समय सापेक्ष निक्षेप तथा कर्जा परिचालन गर्ने र सक्षम Negotiator को रुपमा सफल बैंकरको रुपमा मानिन्छ।     


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved