इन्भेष्टमेन्ट बैंकको डाक्यो साधारणसभा, यस्ता छन मुख्य एजेन्डा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 19, 2017 | 10:31:55 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंकले कात्तिक ७ का लागि ३१ औ बार्षिक साधारणसभा डाकेको छ। बैंकले राष्ट्रिय सभागृह प्रदशर्नी मार्ग काठमाडौंमा कात्तिक ७  गते बिहान १० बजे एजिएम डाकेको हो। 

बैंकले साधारणसभामा गत आर्थिक बर्षको कमाईबाट १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताब गरेको छ। साधारणसभाले उक्त प्रस्ताब पारित गरेपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। साधारणसभाको अन्य प्रस्ताबमा संस्थापक सेयरधनीबाट चार जनालाई निर्वाचन मार्फत संचालक समितिमा चयन गर्ने प्रस्ताब छ।   

साधारणसभा प्रयोजनका लागि बैंकले असोज १८ गते बुक क्लोज गर्ने निर्णय गरेकाले असोज १७ सम्म कायम सेयरधनीले मात्र साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन। 

१५ प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुंजी १० अर्ब ६२ करोड पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी ९ अर्ब २४ करोड छ। बैंकले गत आर्थिक बर्ष ३ अर्ब २९ करोड खुद मुनाफा आर्जन गरेको छ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved