१० बैंकको दशैं अफर, भिसा कार्ड मार्फत सपिङ गर्दा १० प्रतिशत नगद फिर्ता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 20, 2017 | 04:21:53 PM मा प्रकाशित

laxmi  sunrise bank

भिसा कार्ड बोक्नेहरुलाई दश बाणिज्य बैंकहरुले बिशेष अफर ल्याएका छन। दशैँ तिहार लगायतका पर्वहरुलाई लक्षित गरी नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्त्वमा दश बाणिज्य बैंकहरुले कार्डबाट सामान तथा सेवा खरिद गर्दा मुल्यको १० प्रतिशत वा प्रत्येक दिन अधिकतम एक हजार फिर्ता पाउने व्यवस्था गरेका छन। 

भिसा कार्डको नेटवर्कमा रहेका नेपाल इन्भेष्टमेन्ट लगायत सेन्चुरी, ग्लोबल आएइमई, कुमारी, मेगा, एनसीसी, राष्ट्रिय बाणिज्य, सानिमा तथा टुरिजम र महालक्ष्मी बिकास बैंकका भिसा कार्ड प्रयोगकर्ताहरुले यस सेवाबाट लाभान्वित हुन सक्ने छन। 

यस योजना अन्तर्गत भिसा कार्ड बहाकले आफ्नो आन्तरिक भिसा डेबिट वा क्रेडिट कार्ड नेपाल भित्रका बिभिन्न रेष्टुरेन्ट तथा बिक्री केन्द्रबाट सरसमान तथा सेवा खरिद गर्दा सम्पूर्ण खरिद मुल्यको १० प्रतिशत नगद आफ्नो खातामा फिर्ता पाउनेछन। 

सामान खरिद गर्दा भिसा कार्ड मार्फत भुक्तानी गर्दा ग्राहकले यो सुविधामा समावेश हुन एकपटकमा न्युनतम पांच सय रुपैयाँको सामान खरिद गर्नुपर्ने हुन्छ। भिसा कार्ड मार्फत भुक्तानी गर्ने ग्राहकले प्रत्येक दिन एक हजार सम्म मात्र नगद फिर्ता पाउनेछन। 

ग्राहकले यदि कुनै सामान खरिद वा रेष्टुरेन्टको बिल तिर्दा भिसा कार्ड मार्फत भुक्तानी गर्यो भने उसले खर्च गरेको १० प्रतिशत वा प्रत्येक दिन अधिकतम एक हजार नगद आफ्ना खातामा फिर्ता पाउनेछ। जस्तो कुनै ग्राहकले कुनै होटलको ३ हजारको बिल भिसा कार्ड मार्फत भुक्तानी गर्यो भने उसले आफ्नो खातामा ३०० रुपैयाँ फिर्ता पाउनेछ। तर त्यो ग्राहकले भने होटलमा बिल तिर्दा पुरै तीन हजार नै तिर्नुपर्ने हुन्छ। 

नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्त्वमा १० बाणिज्य बैंकहरुले यो स्किम ल्याएका हुन। नेपालका ग्राहकहरुमा एटिएमबाट पैसा मात्र नझिकी सिधै बिक्रि केन्द्रहरुमा कार्डबाट भुक्तानी गर्ने बानी बसाल्न यो स्किम ल्याइएको इन्भेष्टमेन्ट बैंककी कार्ड सेन्टर प्रमुख रिना चन्दले जानकारी दिएकी छिन। 'दशैं तिहारलाई लक्षित गरी यो स्किम ल्याइएको भएपनि यो स्किम पांच महिनासम्म चल्छ, ग्राहकहरुको प्रतिक्रियाको आधारमा नै यसको अवधि निर्धारण हुन्छ' उनले भनिन।

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा यस बैंकका भिसा कार्ड संजालसँग आवद्ध रहेका बैंकहरुले संयुक्त रुपमा अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरी आफ्नो भिसा कार्डका ग्राहकहरुलाई यस्तो स्किम ल्याएका हुन।

 हाल नेपालमा भिसा कार्डका सदस्यहरु १५ लाख भन्दा बढी छन। तर सक्रिय कार्ड प्रयोगकर्ताको संख्या भने ३ लाख हाराहारीमा मात्र छन। यस तथ्यांकले पनि नेपालमा कार्ड प्रयोगकर्ताहरु अत्यन्त न्यून रहेको देखाएको छ। 'भिसा कार्ड प्रयोगकर्ताहरुलाई एटिएम मार्फत पैसा नझिकी सिधै बिक्री केन्द्रमा भिसा कार्ड मार्फत भुक्तानी गर्नका लागि पनि यो स्किम ल्याइएको हो' चन्दले बताएकी छिन्। 

पस मेसिन जुनसुकै कम्पनीको भएपनि भुक्तानी गर्दा नेपाल इन्भेष्टमेन्ट बैंक लगायत यी दश बैंकले जारी गरेको भिसा कार्डको प्रयोग हुना साथ प्रयोगकर्ताले खर्च भएको १० प्रतिशत नगद खातामा फिर्ता पाउनेछन। हाल नेपालमा ४ हजार ५०० बढी पस मेसिन संचालनमा छन। भिसा कार्ड स्वीकार गर्ने सबै पस मेसिन मार्फत भुक्तानी गर्दा १० प्रतिशत नगद फिर्ताको स्किमबाट लाभान्वित हुन सकिनेछ। भिसाको मात्रै आफ्नै १ हजार ६०० पस मेसिन रहेको छ। 


     


 


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved