दशैँकै माझमा नयाँ जीवन बिमा कम्पनीबीच कारोबार शुभारम्भ गर्ने प्रतिस्पर्धा, कसको कहिले ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 21, 2017 | 09:03:59 AM मा प्रकाशित

laxmi  sunrise bank

युनियन लाइफ इन्स्योरेन्सले असोज ६ देखि औपचारिक रुपमा कारोबार शुरु गर्ने भएको छ। कम्पनीले बिमा समितिबाट असोज ५ गते मात्रै कारोबार संचालनको लागि अन्तिम स्वीकृती पाएको हो।

बीमा समितिका अध्यक्ष चिरञ्जीवि नेपालले यही शुक्रबार नयाँ बानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयको उद्घाटन गरी कारोबारको शुभारम्भ गर्ने जनाइएको छ।

२ अर्ब चुक्ता पुंजी रहेको यस कम्पनीको अध्यक्षमा शाहिल अग्रवाल रहेका छन् भने शेखर गोल्छा र सन्दीप अग्रगाल (गाडिया) सञ्चालक रहेका छन्। कम्पनिका प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार लाल कर्ण छन। यस कम्पनीमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपाने ग्रुप, तिवडेवाल ग्रुप र राजेश हार्डवेयर ग्रुपको लगानी छ।

त्यस्तै 

गत शुक्रबार बिमा समितिबाट कारोबार संचालनको अनुमती पाएको सन लाइफ इन्स्योरेन्सले पनि असोज ६ देखि नै कारोबारको शुभारम्भ गर्ने भएको छ।  कर्पोरेट कार्यलय कमलादीमा एक कार्यक्रमको आयोजना गरी कारोबारको औपचारिक शुभारम्भ हुने भएको छ। यस कम्पनीमा अध्यक्षमा अनुज कायल छन भने महाप्रबन्धकमा कमलराज गौतम छन।

साथै स्टार लाईफ इन्स्योरेन्स कम्पनीले पनि असोज ८ गतेदेखि औपचारिक रुपमा कारोबार शुरु गर्ने तयारी गरेको छ। बिमा समितिबाट जीवन बीमा व्यवसाय सञ्चालनको स्वीकृत पाएका १० कम्पनी मध्ये आईएमई लाईफ इन्स्योरेन्सले गत भदौ १ गते देखि नै कारोबार शुरु गरि सकेको छ। 

बिमा समितिबाट कारोबार संचालनको अन्तिम अनुमति पाएका ज्योति लाईफ, रिलायवल लाईफ, सन लाईफले पनि निकट भविष्यमा नै औपचारिक कारोबार शुभारम्भ गर्ने तयारी गरेका छन। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved