बैंकहरूको निक्षेप संकलन र कर्जा लगानीमा सुधार, ग्राहकको आकर्षण मुद्दतीमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 24, 2017 | 07:00:54 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक बर्षको पहिलो महिना साउनमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप र कर्जा लगानीमा सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु विवरण अनुसार यस बर्षको पहिलो साउन महिनामा निक्षेप १.३ प्रतिशतले र कर्जा लगानी ०.४ प्रतिशतले बढेको छ। 

निक्षेप संकलन

राष्ट्र बैंकको तथ्यांक अनुसार २०७४ साउनमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १.३ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको यस अवधिसंगको तुलनामा यस्तो निक्षेप ०.१ प्रतिशतले बढेको थियो।

वार्षिक बिन्दुगत आधारमा २०७४ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १५.३ प्रतिशतले बढेको छ । कुल निक्षेपमा ग्राहकको आकर्षण मुद्दतीमा बढेको देखिएको छ। साउनमा कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ७.८ प्रतिशत, ३५.३ प्रतिशत र ४३.२ प्रतिशत रहेको छ। अघिल्लो वर्षको यस अवधिमा यस्तो अंश क्रमशः ८.५ प्रतिशत, ४३.८ प्रतिशत र ३०.५ प्रतिशत रहेको थियो ।        

कर्जा लगानी

वार्षिक बिन्दुगत आधारमा २०७४ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी १७.१ प्रतिशतले बढेको छ। त्यस्तै यस बर्षको पहिलो साउन महिनामा जी क्षेत्रमा प्रवाहित कर्जा ०.४ प्रतिशतले बढेको छ । अघिल्लो बर्षको यस अवधिमा यस्तो कर्जा ०.७ प्रतिशतले बढेको थियो।   

निजि क्षेत्रतर्फ प्रवाहित कर्जा मध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ०.१ प्रतिशत, विकास बैंकहरुको २.९ प्रतिशत र वित्त कम्पनीहरुको ०.३ प्रतिशतले बढेको छ । 

त्यस्तै समीक्षा अवधिमा कृषि क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ०.७ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा १.६ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा ०.३ प्रतिशत,सेवा क्षेत्रका उद्योगतर्फको कर्जा ०.९ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १.७ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६०.९ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.१ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.७ प्रतिशत र १५ प्रतिशत रहेको थियो ।

२०७४ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा (एसएमई लोन) कुल लगानीमा रहेको कर्जाको २.४ प्रतिशत ४८ अर्ब ३ करोड छ ।

समीक्षा अवधिमा वाणिज्य बैंकहरूबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ६.६ प्रतिशत ४ अर्ब २८ करोडले बढी ६८ अर्ब ८१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५.७ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा हायर पर्चेज कर्जा १.१ प्रतिशतले बढेको छ भने ओभरड्राफ्ट कर्जा १.६ प्रतिशतले घटेको छ । यसैगरी समीक्षा अवधिमा रु. १ करोडसम्मको व्यक्तिगत आवासीय कर्जा १.९ प्रतिशत र रियल स्टेट कर्जा ०.९ प्रतिशतले बढेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved