एनआईसी एशियाको दशैं तिहार उपहार, घर र सवारी कर्जामा छुटको बहार

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 24, 2017 | 08:56:46 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंकले दशैं, तिहार तथा छठको पावन अवसर पारेर पहिलो पटक अत्यन्त सुलभ रुपमा घर तथा जग्गा खरीद गर्ने वा घर निर्माण गर्ने सपना साकार पार्न ठोस टेवा पुर्याउने उद्देश्यले आफ्ना ग्राहकहरुका लागि घर कर्जा सम्बन्धी विशेष योजना ल्याएको छ।

 बैंकले ल्याएको ‘एनआईसी एशिया बैंकको दशैं तिहार उपहार, घर कर्जामा छुटै छुटको बहार’ नामको विशेष योजना अन्तर्गत ग्राहकले सहज रुपमा ०.९ प्रतिशत प्रति महिनाको ब्याजदरमा घरकर्जा प्राप्त गर्नेछन। ग्राहकहरुले सम्पूर्ण कागजातहरु पेश गरेको ३ कार्य दिन भित्रै घरकर्जा सम्बन्धि निर्णय भैसक्ने व्यवस्था गरिएको बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले जानकारी दिएका छन।    

बैंकका अनुसार यो योजना अन्तर्गत घर कर्जा लिंदा व्याजदर बाहेक प्रोसेसिङ, अग्रिम भुक्तानी, धितो मूल्यांकन, बीमा वा कर्जा सुचना लगायतका कुनै पनि दस्तुर शुल्क लाग्ने छैन। 

साथै, नयाँ घर निर्माण गर्न, घर वा जग्गा खरीद गर्न वा अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा स्वाप गर्न समेत उक्त कर्जा उपलब्ध हुनेछ । यो कर्जाको अवधि २५ वर्षसम्म हुनेछ। २ वर्षसम्म ब्याजदरमा समेत परिवर्तन नहुने बैंकले जनाएको छ। 

कर्जाका लागि अनलाइनबाटै बैंकको वेबसाइट मार्फत कर्जाको {eligibility} रकम जाँच गरी आवेदन दिन सकिनेछ । यो योजनामा किस्ता वा ब्याजमात्र भुक्तानी गर्ने सुविधा सहित ग्राहकहरुको रुची र आवश्यकता अनुसार {Term Loan ÷Overdraft } कर्जा प्रदान हुनेछ।

 यस बैंकबाट घर कर्जा र सवारी साधनकर्जा दुवै उपभोग गर्ने ग्राहकहरुको हकमा घर कर्जाकै अवधि सम्मको अवधि हुनेगरी (अर्थात् २५ वर्षसम्मको अवधि हुने गरी) अत्यन्त {Flexible } विशेषताहरु समेत समेटी घर कर्जा र सवारी साधन कर्जाको {Combo Product} को रुपमा घर तथा सवारी साधन कर्जाको समेत व्यवस्था गरिएको छ। 

यस बाहेक पनि सवारी साधन कर्जाको लागि मात्र आवेदन दिने ग्राहकहरुलाई समेत कुनै पनि शुल्क÷दस्तुर नलिई सवारी साधनकर्जा उपलब्ध गराइने छ ।

बैंकले ल्याएको यस योजनाबाट हजारौंको संख्यामा ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकले विश्वास लिएको छ। ‘साथीको साथ पाएपछि यसपालिको दशैंतिहारमा पूरा हुनेछ यहाँको आफ्नै घर वा जग्गा वा गाडीजोड्ने सपना’ भन्ने मूलनाराका साथ ल्याइएको यो योजना सीमित अवधिका लागि मात्र भएकाले मौकाको फाइदा उठाउन सम्पूर्ण ग्राहक महानुभावहरुलाई बैंकले आग्रह गरेको छ।

त्यस्तैगरी बैंकले समुन्नती बचत खातामा वार्षिक ९ प्रतिशत व्याज प्रदान गर्दै आएको छ । बैंकको हालसम्म १२५ शाखा कार्यालयहरु, ४ एक्स्टेन्सन काउण्टरहरु र ११९ एटिएम संजालहरु सञ्चालनमा छन्। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved