नबिल बैंकको साधारणसभा आज, मुख्य एजेन्डामा ४८ प्रतिशत लाभांश प्रस्ताब

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 26, 2017 | 06:14:53 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकको साधारणसभा आज बस्दै छ। बैंकको मुख्य एजेन्डामा गत आर्थिक बर्षको कमाईबाट बितरण गरेको ४८ प्रतिशत लाभांश प्रस्ताब पारित गर्ने रहेको छ। 

बैंकले गत आर्थिक बर्षको कमाईबाट घोषणा गरेको लाभांशका लागि भदौ २७ का लागि बुक क्लोज गर्ने निर्णय गरेकाले  भदौ २६ सम्म कायम सेयरधनीहरुले लाभांश पाउनेछन। 

नबिल बैंकले गत आर्थिक बर्षको कमाईबाट ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। बैंकको असोज १० गते अर्थात आज बस्ने साधारणसभाले उक्त लाभांश प्रस्ताब स्वीकृत गरे पश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। 

साधारणसभा र लाभांश प्रयोजनका लागि भदौ २७ गते बुक क्लोज गर्ने निर्णय भएकाले भदौ २६ सम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने र साधारणसभामा सहभागी हुन पाउनेछन।

३० प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब ३ करोड पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी ६ अर्ब १८ करोड रहेको छ। बैंकले गत आर्थिक बर्ष  ३ अर्ब ६२ करोड खुद मुनाफा गरेको थियो।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved