एनबि इन्स्योरेन्सको साधारणसभाबाट २ महत्त्वपूर्ण प्रस्ताब पारित, एनबि नाम अब 'बिलय' हुने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 26, 2017 | 09:35:32 PM मा प्रकाशित

laxmi  sunrise bank

एनबि इन्स्योरेन्सले कम्पनीको लोगो र नाम परिवर्तन गर्ने भएको छ। कम्पनीको असोज १० गते सम्पन्न बार्षिक साधारणसभाले कम्पनीको नाम परिवर्तन गरी आईएमई जनरल इन्स्योरेन्स राख्ने प्रस्ताब पारित गरेको हो।

कम्पनीको लोगो र नाम परिवर्तन गर्ने प्रस्ताब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृत भएपश्चात कार्यन्वयनमा आउनेछ। त्यस्तै कम्पनीको साधारणसभाले हाल कायम चुक्ता पुंजी ५४ करोडबाट १० बराबर ८ अर्थात ८० प्रतिशतका दरले हकप्रद बिक्रि गर्ने प्रस्ताब समेत पारित गरेको छ। 

कम्पनीको उक्त ८० प्रतिशत हकप्रद प्रस्ताब नेपाल धितोपत्र बोर्डले पारित गरेपश्चात निष्काशन प्रक्रिया अगाडी बढ्नेछ। ८० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी ९७ करोड २० लाख पुग्नेछ।   

कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालले कम्पनीले हाल देशभर प्रधान कार्यालय सहित २२ वटा शाखा कार्यालय, २ वटा सम्पर्क कार्यालय र ८ वटा सेवा काउण्टर गरी कूल ३२ स्थानबाट बीमा सेवा प्रदान गरिरहेको जानकारी गराए। साथै उनले कम्पनीले चालु आर्थिक बर्षमा १९ स्थानमा शाखा तथा सम्पर्क कार्यालय विस्तार गरी ७ वटै प्रदेशका विभिन्न स्थानबाट शाखा, सम्पर्क कार्यालय तथा सेवा काउण्टर गरी ५१ स्थानबाट ग्राहक महानुभावहरुलाई बीमा सेवा प्रदान गर्ने जानकारी गराए।     

नेपाली बीमा बजारमा आफ्नो छुटृै पहिचान स्थापित गर्ने हेतुले कम्पनीले अल्पकालिन र दिर्घकालिन रणनीति बनाउंदै कम्पनीलाई आगामी पांच बर्ष भित्र एक उत्कृष्ठ कम्पनीको रुपमा स्थापित गर्ने र शेयरधनीहरुलाई उचित मुनाफा दिने लक्ष्यका साथ कम्पनी अगाडी बढि रहेको सभामा जानकारी दिइएको छ। 

राष्ट्रिय महत्वको बिषय रहेको लघु बीमा, कृषि तथा पशु बीमालाई अगाडी बढाउने क्रममा जनकपुर, बर्दिवास, ओखलढुंगा र सोलुखुम्बुको सल्लेरी स्थित शाखा कार्यालयहरुबाट सेवा प्रदान गरिरहेको र देशको कुना कुनासम्म बीमा पहुंच विस्तार गर्दै लाने रणनीति रहेको कम्पनीले जानकारी गराएको छ। 

कम्पनीले चालु आर्थिक बर्षको असोज ७ गतेसम्म १४ करोड प्रिमियम संकलन गरी ७३ करोड ६७ लाख लगानी पुर्याएको सभामा जानकारी दिइएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved