आईएमईका सेवाग्राही मोहेदिन मिया ठकुरीले पाए ६ लाखको जीवन बीमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 26, 2017 | 09:49:54 PM मा प्रकाशित

laxmi  sunrise bank

चाडपर्वलाई लक्षित आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’ अफर अन्तर्गतको दोस्रो १५ दिनको जीवन बीमा मोहेदिन मिया ठकुरीले प्राप्त गरेका छन।  

सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा कतारस्थित कतार यूुएईबाट नेपालमा पैसा पठाउने ठकुरी वा नीजले सिफारिस गरेको व्यक्तिले आईएमई लाइफ इन्स्युरेन्सको ६ लाख बराबरको जीवन बीमा प्राप्त गर्नेछन। 

यही भदौ १२ देखि संचालनमा ल्याईएको सेवाग्राहीमूखी प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशका लाखौँ सेवाग्राही सहभागी भई दैनिक ‘लक्की ड्र’ मा ९०० सय जना आईएमई पे क्यासमार्फत् पुरस्कृत भैसकेको कम्पनीले जानकारी दिएको छ। 

मङ्गसिर ३ सम्म अर्थात १२ हप्ता संचालन हुने यस सेवाग्राहीमूखी कार्यकममा पैसा पठाउने सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा सफ्टवेयर पद्वतिमा आधारित रही विजेता छानिने कम्पनीका जनसम्पर्क प्रबन्धक राजु पौडेलले जानकारी दिए। 

कम्पनीले सेवा संचालन गरेको १७ बर्षको अवधिमा १६० आईएमई सेन्टर सहित ७५ जिल्लाका ६,८०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् रेमिट्यान्स सेवा दिंदै आएको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved