एनआईसी एसियाको आकर्षक 'होम लोन' योजना, प्रक्रियाका लागि कुनै शुल्क नलाग्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 08, 2017 | 08:02:50 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआइसी एसिया बैंकले आकर्षक ‘होम लोन’को प्रस्ताब ल्याएको छ। यस योजना अन्तर्गत ग्राहकले आफुले लिएको ऋण र त्यसबापतको ब्याज रकम संयुक्त रुपमा भुक्तानी गर्न सकिने बैंकले जनाएको छ।  

यस कर्जाको अवधि २५ वर्षसम्म हुने छ। ऋण लिइसकेपछि २५ वर्षसम्म व्याज र ऋण रकम संयूक्त रुपमा भुक्तानी गर्दै लैजान सकिने भएकाले ऋणीलाई मासिक भुक्तानी कम भई भार असहजता नहुने बैंकले बिश्वास लिएको छ।

बैंकबाट घर कर्जा लिन कुनै पनि शुल्क नलाग्ने बैंक रिटेल लोन प्रमुख लक्ष्मण चालिसेले जानकारी दिएका छन। उनका अनुसार यस योजना अन्तर्गत घर कर्जा लिने ऋणीलाई कुनै पनि शुल्क तिर्नुपर्ने झन्झट रहँदैन।  ऋणको अग्रिम भुक्तानी गर्नु नपर्ने, धितो मूल्याङ्कन, बिमा तथा कर्जा सूचनावापत कुनै शुल्क तिर्नुनपर्ने बैंकले जनाएको छ।

एनआईसी एसियाका प्रत्येक शाखा कार्यालयहरुलाई होम लोन प्रदान गर्न अख्तियारी दिइएकाले प्रक्रियाका लागि समय अत्यन्त कम लाग्ने चालिसेले बताए। 'शाखाहरुलाई सम्पूर्ण अधिकारहरु दिइएको छ, आफु नजिकैको पायक पर्ने शाखाबाटै ऋणीले आवश्यक सबै प्रक्रिया चाँडो पुरा गर्न सक्ने छन' उनले भने।  

घर कर्जामा मासिक व्याजदर ०.९ प्रतिशत तोकिएको छ। पछिल्लो समय ऋणको ब्याजदरमा तिब्र उतारचढाब हुने गरेकाले ऋणी प्रभावित बनेका छन। तर बैंकले यो योजनाबाट ग्राहकलाई धेरै हदसम्म व्याजदर परिवर्तनको असर समेत न्यून गर्ने प्रयास गरेको बताएको छ। ऋण लिएको २ वर्षसम्म व्याजदरमा कुनै परिवर्तन नगर्ने नीति यो योजनामा राखेको छ।

कर्जाका लागि सम्पूर्ण कागजात र प्रक्रिया पुरा भएको तीन कार्यदिनभित्रै स्वीकृत हुने र मासिक रुपमा किस्ता वा व्याज मात्रै भुक्तानी गर्ने सुविधा समेत यसमा रहेको बैंकले जनाएको छ।

सबैभन्दा पहिले ग्राहकले सम्वन्धित शाखा कार्यालयमा गई आवश्यक सबै कागजात बुझाउनुपर्ने र कागजात पुरा भइसकेपछि टोलीले धितोको मूल्याङ्कन हुनेछ। कागजात पुरा भएपछि धितो मूल्याङ्कन गरिन्छ र त्यस पश्चात स्वीकृत भएको तीन दिनभित्रै ऋण रकम ग्राहकले पाउँनेछन। धितोको मूल्य तथा आम्दानीको स्रोतका आधारमा भनेजति नै ऋण पाउने बैंकले जनाएको छ।  

आवश्यक कागजात

-धितोको प्रमाणित कागजात 

-जग्गा धितो राख्ने हो भने लालपूर्जा तथा घर राख्ने भएमा नक्सा पास तथा निर्माण सम्पन्न भएको कागजात 

-धितो सम्पत्तिको कर तिरेको रसिद 

-नागरिकताको प्रमाणपत्र 

-आम्दानि पुष्टि हुने कागजात 

-आवश्यक कागजात उपलब्ध गराएपनि ऋण लिन चाहने व्यक्ति स्वयम् भने उपस्थित हुनुपर्नेछ।  

त्यस्तै घरभाडा आम्दानिको स्रोत हुनेहरुका लागि घरभाडा सम्झौता, तलब आम्दानीको स्रोत भएकाले आफुले काम गरेको कम्पनी तथा संस्थाले प्रमाणित गरेको आम्दानि स्रोतको कागजात, व्यवसाय गरेकाले दर्ता प्रमाणपत्र तथा आम्दानीको विवरण बुझाउनुपर्दछ। साथै जमानी बस्ने व्यक्ति र उससँग नाता प्रमाणित भएको कागजात जरुरी पर्ने बैंकले जनाएको छ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved