एनबिआई र मनिपालबीच मानव संसाधन विकासका लागि शिक्षा सम्बन्धि सम्झौता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 09, 2017 | 10:30:51 AM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल बैंकिङ इन्ष्टिच्युट, एनबिआई र मनिपाल ग्लोबल एजुकेशन सर्भिस, एमजीईएसबीच मानव संसाधन बिकासका लागि शिक्षा, प्रशिक्षण एवं अन्वेषणका क्षेत्रमा साझेदारी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

यस सम्बन्धि सम्झौतामा एनबीआईको तर्फबाट प्रमख र्कायकारी अधिकृत संजीब सुब्बा र एमजीईएसको तर्फबाट उपाध्यक्ष बिमलजित सिंह भासिनले हस्ताक्षर गरेका छन।

सम्झौता अनुसार एनबिआई र एमजीईएसले विभिन्न किसिमका तालिम, सम्मेलन र कार्यशाला संयुक्त रुपमा संचालन गर्नेछन। यो सम्झौता भारतको बैंगलोरमा २२ सेप्टेम्बर २०१७ को दिन भएको बताइएको छ।    

देशको अग्रणी बैंकिङ्ग एकेडेमी, एनबिआईले सम्झौता गरेको यस एमजीईएस अन्तर्गतको एकेडेमी अफ बैंकिङ एण्ड फाइनान्सियल सर्भिस भारतकै अग्रणी बैंकिङ्ग  एकेडेमी भएको र यसले भारत लगायत एशियाका विभिन्न मुलुकका बैंक, इन्सुरेन्स र अन्य वित्तिय क्षेत्रका गरी ६० हजार भन्दा बढी कर्मचारीहरुलाई तालिम दिइ सकेको छ । 

हाल यस एकेडेमीसँग ४० भन्दा बढी विभिन्न बैंक तथा वित्तिय संस्थाहरु आवद्घ  भई दक्ष जनशक्ति विकास गर्ने कार्यमा जुटेको जनाइएको छ। एमजीईएसले  आफ्नो आवासिय तालिमहरु जयपुर र बैंगलोरमा अवस्थित अन्तराष्ट्रिय स्तरको क्याम्पसहरुबाट दिने गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved