गर्भनर नेपालद्वारा कोरियाको जीएमई शाखाको अवलोकन, बैधानिक माध्यमबाट रेमिटेन्स पठाउन आग्रह

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 08, 2017 | 09:43:22 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवी नेपालले कोरियाकै पहिलो मनी ट्रान्सफर कम्पनी जीएमईको डोङ्गडमुन स्थित शाखाको अवलोकन भ्रमण गरेका छन्  । अवलोकन भ्रमण गर्दै डा. नेपालले कम्पनीको सफलताको शुभकामना ब्यक्त गरे  । जीएमईका प्रमुखकार्यकारी अधिकृत जोन सुंगले उक्त अवसरमा गर्भनर डा. नेपाललाई स्वागत गरेका थिए । भ्रमणको क्रममा गर्भनर नेपालले नेपाल पैसा पठाउने प्रक्रियाको बारेमा समेत जानकारी लिएका थिए । अवलोकनका क्रममा शाखामा उपस्थित सेवा ग्राहीहरूसंग अन्तरक्रिया गर्दै गर्भनर डा. नेपालले वैदेशिक रोजगारीको क्रममा कोरियामा रहेका नेपालीहरुको रेमिटेन्स औपचारिक माध्यमबाट नेपाल पठाउन जीएमईले गरेको प्रयासको उच्चप्रशंसा गर्दै कोरियामा रहेका हरेक नेपालीहरुलाई औपचारिक माध्यमबाट नै रेमिटेन्स पठाउन अनुरोध गरेका थिए ।

यसै सन्दर्भमा कोरियास्थित नेपाली दुतावासमा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गर्भनर डा. नेपालले कोरियाबाट अबैधानिक च्यानल मार्फत नेपाल जाने पैसा रोक्नु नेपाल राष्ट्र बैंकको मुख्य प्राथमिकता रहेको जानकारी गराए । नेपाल सरकारले इपीएसमार्फत कोरिया सरकारसँग सम्झौता गरी वैदेशिक रोजगारीको राम्रो अवसर प्रदान गरेको भन्दै त्यसको कदरका लागि बैधानिक माध्यमबाट रेमिटेन्स पठाएर सहयोग गर्न आग्रह गरे   । वैदेशिक रोजगारीको शिलशिलामा कोरिया लगायत अन्य मुलुकमा रहेका नेपालीहरुले औपचारिक माध्यमबाट पैसा नपठाए अर्को पटक विदेश जानको लागि रोक लगाउन सक्नेसम्मको जानकारी गराए  ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै कोरियाका लागि नेपालका महामहिम राजदुत अर्जुन जंगबहादुर सिंहले कोरियाबाट हुने हुण्डी कारोबारलाई निरुत्साहितगर्न दुतावास र नेपाल राष्ट्र बैंकले कडाकदमचाल्नत्यही अनुरुपको नियमल्याउँदै गरेको जानकारी दिए  । कार्यक्रमलाई नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सम्बोधन गरेका थिए ।कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सन् २०१३ देखि ग्लोबल आइएमई बैंक र कोरिया स्थित वाणिज्य बैंकहरुको सहकार्यमा रेमिटेन्स सेवा दिँदै आएको जानकारी गराए   ।

शनिबार र आइतवार बैंकका सेवा बन्द हुने र अन्य प्रक्रियागत कारणले सोचे जस्तो रेमिटेन्स भित्रिन नसकेको भन्दै अवदेखि जीएमईका सबै शाखाहरूबाट हप्ताका सातै दिन छिटो छरितो रेमिटेन्स सेवादिन सक्ने हुँदा जीएमईले कोरियाबाट नेपाल रेमिटेन्स भित्रयाउन उल्लेख्य योगदान पु¥याउने विश्वास ब्यक्त गरे । एक पटक कोरिया बसेको व्यक्तिपुनःकोरिया फर्किन चाहेमा वैधानिक माध्यमबाट मात्र रेमिटेन्स पठाएको हो भन्ने प्रमाण स्वरूप जीएमईको स्टेटमेन्ट प्रिन्ट दिने व्यवस्था मिलाइएको जानकारी अन्तरक्रिया कार्यक्रममा गराईएको थियो  ।

जीएमईको सेवा जीएमईका सबै शाखा सहित अनलाइनबाट समेत लिन सक्ने व्यवस्था मिलाईएको छ । यसरी पठाएको रकम नेपालस्थित ग्लोबल आइएमई बैंकका सबै शाखाहरु लगायत सात हजारभन्दा बढी एजेन्ट आउटलेटबाट छिटो, छरितो र सुरक्षित ढंगले भुक्तानलिन सकिनुका साथै जुनसुकै बैंकको खातामा पनि जम्मा गर्न सकिन्छ ।

जीएमईलाई गत अगष्ट २३ मा कोरियन सरकारले पहिलोपटक रेमिटेन्स सेवा प्रदान गर्ने इजाजत प्रदान गरेको थियो । सोहि इजाजत अनुरुप जीएमईले आफ्नो सेवा सुरु गरिसकेको छ । जीएमईको स्थापनापछि कोरियाबाट औपचारिक माध्यम मार्फत रेमिटेन्स भित्र्याउन सहज हुने विश्वास गरिएको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved