एनआईबिएल क्यापिटल मार्केट्स र एस क्यापिटलबीच मर्जर सम्बन्धी सम्झौता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 09, 2017 | 02:56:00 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईबिएल क्यापिटल मार्केट्स लि. र एस क्यापिटल लि. बीच एक आपसमा गाभिने (मर्जर) सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ  । आज भएको सम्झौतामा एनआईबिएल क्यापिटल मार्केट्स लि. को तर्फबाट सञ्चालक समितिका अध्यक्ष  सचिन टिवडेवाल र एस क्यापिटल लि. को तर्फबाट सञ्चालक समितिका अध्यक्ष   रविन सिजापतीले हस्ताक्षर गरेका हुन्  । 

एस क्यापिटल लि. को मूख्य कम्पनी एस डेभलपमेण्ट बैंक लि.लाई नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले प्राप्ती गरी नेपाल इन्भेष्टमेण्ट बैंक लि.मा समाहित भएको हुनाले एनआईबिएल क्यापिटल मार्केट्स लि. र एस क्यापिटललि.दुवै संस्थाहरु हाल नेपाल इन्भेष्टमेण्ट बैंक लि.को शतप्रतिशत लगानी रहेको सहायक कम्पनीहरु हुन गएको र नेपालधितोप त्रबोर्डको निती निर्देशनले समेत एकै मुख्य कम्पनीको एकै उद्देश्य र प्रकृतिका दुई सहायक कम्पनी भएमा एक–आपसमा गाभ्नु÷गाभिनु (मर्जर) पर्ने व्यवस्था गरेकोले एक आपसमा गाभ्ने÷गाभिने सम्झौता गरिएको हो । दुई कम्पनी गाभिए (मर्ज) पश्चात कम्पनीको चुक्ता पूँजी रु.२७ करोड पुग्नेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved