रेमिटेन्सलाई उत्पादनशील क्षेत्रमा आकर्षित गर्न सबैको प्रयास आवश्यक: अध्यक्ष चन्द्र ढकाल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 01, 2018 | 03:04:58 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले रेमिटेन्सलाई उत्पादनशील क्षेत्रमा आकर्षित गर्न सबैको प्रयास आवश्यक पर्ने बताएका छन् । बागलुङ महोत्सव–२०७४ लाई   बागलुङमा सम्बोधन गर्दै ढकालले यस्तो बताएका हुन् । 

‘कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उद्योग तथा व्यापारको प्रवद्र्घन’भन्ने मूलनाराका साथ आयोजना गरिएको प्रदेश नम्बर ४ स्तरीय कृषि, पर्यटन, औधोगिक व्यापार मेला तथा बागलुङ महोत्सवलाई आइएमई ग्रुपले सह–प्रायोजन समेत गरेको थियो । 

कार्यक्रमलाइ सम्बोधनगर्दै अध्यक्ष ढकालले बागलुङमा धेरै पहिलादेखि नै रेमिटेन्स भित्रिंदै आएको र त्यहि रेमिटेन्सले आम बागलुङ्वासीको क्रय शक्ति पनि बढाएको प्रसङ्ग उल्लेख गरे । उनले सबै चरणका निर्वाचनपनि सम्पन्न भइसकेको र नेपालको सबै राजनीतिक नेतृत्व पनि आर्थिक विकासका मुद्दामा केन्द्रीत रहेकाले अव मुलुकको आर्थिक विकासले गति लिने अपेक्षा गरे । पर्यटन, लघुजलविद्युत र कृषि जस्ता क्षेत्रमा बागलुङको  अत्यन्तै सम्भावना भएकाले आफु र आफु सम्बद्ध संस्थाहरु बागलुङको आर्थिक विकासमा सबैसँग सहकार्य गरि अगाडी बढ्न तयार रहेको जानकारी दिए   ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved