सिटिजन्स बैंक र नेपाल इन्स्योरेन्स कम्पनीबीच बैकास्योरेन्स सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 07, 2018 | 03:53:12 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेश्नल र नेपाल इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । ती दुई संस्थाबीच आज सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिृकत विजय बहादुर शाहले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै सिटिजन्स बैंकका ग्राहकहरुले अब कुनै पनि शाखाबाट नेपाल इन्स्योरेन्स कम्पनीको निर्जीवन बीमा  गर्न र सोको प्रिमियर रकम बुझाउन सक्ने छन् । सम्झौतापछि बीमा लेख लिन, दाबी भुक्तानी लगायतका सम्पूर्ण सुविधाहरु लिन सक्ने जनाइएको छ ।  

देशको १४ वटै अञ्चलमा फैलिएको यस बैंकले काठमाडौं उपत्यकाभित्र २४ र बाहिर ४३ गरी कुल ६७ वटा शाखा, ६५ वटा ए.टि.एम. काउन्टर र ९९ वटा शाखा रहित बैकिङ्ग सेवाबाट आधुनिक बैकिङ्ग सेवा प्रदान गर्दै आएको जनाइएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved