आइएमई लिमिटेड र ग्राण्डी हस्पिटलबीच स्वास्थ्य सेवा सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 21, 2018 | 06:45:46 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई लिमिटेड र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबीच गत स्वास्थ्य सेवा सम्झौता भएको छ । गत सोमबार भएको सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्ड लिएका सेवाग्राहीहरूले ग्राण्डी अस्पतालको सेवामा ७ दशमलव ५ प्रतिशत छुट पाउनेछन् । 

चिकित्सकीय परामर्श लगायत विभिन्न ल्याब परिक्षण सेवामा एक हजार पाँच सयमा स्वास्थ्य परिक्षण प्याकेज समेत प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ । 

सम्झौतामा आइएमईका तर्फबाट लोयल्टी कार्यक्रम प्रमुख प्रफुल्ल रिजाल र अस्पतालको तर्फबाट बजार तथा व्यापार प्रवद्र्घन विभाग प्रमुख प्रतिक तिवारीले हस्ताक्षर गरेका छन् । सम्झौता २०७५ साल असार ११ गतेदेखि एक वर्षसम्म लागु हुनेछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved