एनआईसी एसिया बैंकले सुरु गर्यो क्युआर कोड स्क्यान गरेर पैसा तिर्न सकिने सेवा, कसरी गर्ने प्रयोग ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 05, 2018 | 08:05:41 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंकले क्युआर कोड पेमेन्ट सेवा संचालनमा ल्याएको छ ।  यो सेवा बैंकको मोबाइल बैंकिङ्ग (MoBank App)  प्रयोग गरि उपभोग गर्न सकिने बैंकले जनाएको छ । 

सेवा प्रयोग गर्न  मर्चेन्टले एपबाट रिक्वेस्ट पेमेन्ट बिकल्प प्रयोग गरी क्युआर कोड जेनेरेट गर्ने र ग्राहकले आफ्नो एप प्रयोग गरी सोहि क्युआर कोडमा MOPay बिकल्प प्रयोग गरी स्क्यान गरेर भुक्तानी गर्न सकिने बैंकले जानकारी दिएको छ ।  

त्यस्तै मर्चेन्टले भुक्तानी काउन्टरमा राखेको क्युआर कोड भएको स्टिकर स्क्यान गरेर ग्राहकले MOpay बिकल्प प्रयोग गरी स्क्यान गरेर भुक्तान गर्न सक्ने छन्  । 

यस संगै एन आई सी एशिया बैंक यो सेवा नेपालमा सुरु गर्ने पहिलो बैंक भएको छ । यो सेवा प्रयोग गर्नको लागि ग्राहकसँग स्मार्ट फोन उपलब्ध हुनुपर्ने छ । बैंकको मोबाइल बैंकिङ्ग MOapp सेवा गुगल प्ले स्टोर वा एप स्टोर अथवा बैंकको वेबसाइटबाट सजिलै डाउनलोड गर्न सकिने बैंकले जनाएको छ  ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved