लघुवित्तहरुलाई अर्थमन्त्रीको आग्रह 'सामाजिक जिम्मेवारीभित्र रहेर ब्याजदर तोक्नुस'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 13, 2018 | 04:55:44 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा.युवराज खतिवडाले लघुवित्तलाई गर्नुपर्ने सहयोगको लागि सरकार तयार रहेको बताएका छन् । स्वाबलम्बन विकास केन्द्रको २७ औं वार्षिक उत्सवमा डा खतिवडाले लघुवित्त संस्थाहरुलाई ग्रामीण क्षेत्रमा जान आग्रह गर्दै त्यसको लागि आवश्यक सहयोग सरकारले गर्ने प्रतिबद्धता जनाएका हुन्। उनले नीतिगत सहयोग र नियमनकारी निकायबाट गर्नुपर्ने सहयोग गर्न सरकार तयार बताएका हुन्।  

मन्त्री खतिवडाले कुन क्षेत्र र समुदायलाई बढी सेवा गर्नुपर्ने छ त्यस क्षेत्रमा जान आग्रह गरेका हुन् । उनले स्थानीय तहसँग सहकार्य गरेर चरम गरिबी र वञ्चितिकरणमा रहेको समुदायमा जान आग्रह गरेका हुन् । मन्त्री खतिवडाले लघुवित्तहरुलाई उत्पादनसँग जोडिन र अनौपचारिक सेवामा लाग्नेहरुलाई अनौपचारिक क्षेत्रमा ल्याउन पनि आग्रह गरे । यसरी स्थानीय तहमा जाँदा वित्तीय संस्थाहरु नपुगेको ठाउँलाई प्राथमिकतामा राख्न अर्थमन्त्री आग्रह गरे।  

 लघुवित्तहरुलाई आफैले सामाजिक जिम्मेवारीभित्र रहेर ब्याजदर तोक्न पनि मन्त्री खतिवडाले आग्रह गरेका छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved