नेपाल एग्रो माइक्रोफाइनान्सद्धारा ३५ करोड कर्जा प्रवाह गरी १२ करोड निक्षेप संकलन

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 10, 2018 | 04:47:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एग्रो माइक्रोफाइनान्स वित्तीय संस्था स्थापनाको तेस्रो वर्षमा प्रवेश गरेको छ । संस्थाले वार्षिक उत्सवको अवसरमा आइतबार रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । 

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले कार्यक्रमको उद्घाटन गरेका थिए । मन्त्री लम्साल सहित १६ जनाले रक्तदान गरेका थिए । 

दुई वर्षमा कास्की, पर्वत, वाग्लुङ, गुल्मी, पाल्पा, सल्यान, प्युठान, रोल्पा, तनहुँ र लम्जुङ,  गरी १० जिल्लामा २६ शाखा मार्फत सेवा प्रदान गर्दै आएको प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले जानकारी दिए । संस्थाले ३५ करोड भन्दा बढि कर्जा प्रवाह गरेको र १२ करोड निक्षेप संकलन गरेको सिइओ लम्सालले बताए । 

नेपाल एग्रोले सर्वसाधारणको लागि छुट्टाइएको ३० प्रतिशत पुँजी विक्री गर्ने प्रकृया शुरु भइसकेकोले हालको पुँजी ३ करोड ३६ लाख बढेर ४ करोड ८० लाख पुग्ने जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved