आईएमईको चाडपर्व लक्षित ‘दशैंमा बिस लाख’ योजना सार्वजनिक

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 22, 2018 | 10:52:51 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई रेमिटले चाडपर्वलाई लक्षित गरि ‘दशैंमा बिस लाख’ योजना सार्वजनिक गरेको छ। यस योजना अनुसार सेवाग्राहीले प्रत्येक दिन दश लाख जित्ने कम्पनीले जनाएको छ। 

योजना अवधिभर गरिएको ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरि ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरुमध्ये हरेक दिन १० जनालाई ‘आइएमई पे’ मार्फत हजारको बिल भुक्तानी, हरेक हप्ता १ जनालाई १०,००० नगद, हरेक महिना १ जनालाई १ लाख नगद तथा बम्परमा १ जनालाई २० लाख नगद प्रदान गरिने जनाइएको छ। 

यो योजना असोज ७ देखि २०७५ मङ्सिर मसान्तसम्म लागू हुनेछ। योजना अवधिमा विदेश तथा स्वदेशबाट आइएमई गर्ने सम्पूर्ण सेवाग्राहीलाई यस योजनामा सहभागी गराइने कम्पनीले जनाएको छ। 

कम्पनीका अनुसार ‘लक्की ड्र’ बाट छानिएका विजेताहरुको सिफारिस बमोजिम नेपालमा बस्ने आफन्तलाई समेत पुरस्कार प्रदान गरिनेछ। सेवाग्राहीले आइएमईको जुनसुकै एजेन्ट संजालमार्फत रेमिटेन्स कारोबार गरेको भौचरको सक्कल कपी योजना अवधिसम्म सुरक्षित राख्नुपर्नेछ । आइएमईमा कार्यरत कर्मचारी, संस्थापक, एजेन्ट संचालक तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउनेछैनन।विजेताले प्राप्त गर्ने पुरस्कार राशीमा नेपाल सरकारको नियमानुसार लाग्ने कर कट्टी गरिनेछ । 

आइएमई रेमिटले १ सय ८१ आइएमई सेन्टर सहित ७७ जिल्लाका ८ हजार ५ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved