पोखरा फाइनान्स वेष्ट म्यानेज फाइनान्स अवार्डबाट सम्मानित

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 25, 2018 | 06:47:14 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखरा फाइनान्स लिमिटेड वेष्ट म्यानेज फाइनान्स कम्पनीको अवार्डबाट सम्मानित भएको छ । न्यू बिजनेश एज प्रा.लि.को आयोजनामा गत शुक्रबार भएको न्यू विज बिजनेश कन्क्लेभ २०१८ मा पोखरा फाइनान्स वेष्ट म्यानेज फाइनान्स अवार्डबाट सम्मानित भएको हो । 

देशभरका संस्थामध्येबाट उनीहरुको कार्य सम्पादन मुल्याड्ढनका आधारमा उत्कृष्ट कम्पनीहरुलाई कार्यक्रममा अवार्ड प्रदना गरिएको थियो । पोखरा फाइनान्स लिमिटेड २१ बर्ष पुरानो संस्था हो जसकोे अधिकृत पूँजी ९४ करोड तथा चुक्ता पूँजी ८१ करोड ६४ लाख ५० हजार ११५ रहेको छ । संस्थाको हालसम्म ४ अर्व ६० करोड निक्षेप, ४ अर्व २५ करोड कर्जा लगानी रहेको छ ।  पोखरा फाइनान्सले हाल१४ शाखाबाट सेवा दिईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved