मन्जुश्री फाइनान्स बेष्ट म्यानेज्ड फाइनान्सको अवार्डबाट सम्मानित

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 25, 2018 | 09:05:51 PM मा प्रकाशित

laxmi  sunrise bank

मन्जुश्री फाइनान्स लिमिटेडले बेष्ट म्यानेज्ड फाइनान्स कम्पनीको अवार्डबाट सम्मानित भएको छ। न्यु बिजनेश एज प्रालिको आयोजनामा भएको न्यू विज बिजनेश कन्क्लेभ २०१८ मा मन्जुश्री फाइनान्स बेष्ट म्यानेज्ड फाइनान्स अवार्डबाट सम्मानित भएको हो। 

देशभर रहेका व्यावसायिक संस्थामध्येबाट विभिन्न विधामा उनीहरूको कार्य मूल्याङ्कनका आधारमा विज्ञ समूह (जुरी)ले छनोट गरेका उत्कृष्ट कम्पनीहरूलाई कार्यक्रममा अवार्ड प्रदान गरिएको हो । १० बिधामा प्रदान गरिएको बिजनेश अवार्डका लागि हरेक विधामा फरक फरक विज्ञ सम्मिलित जुरी समूहले निश्चित कार्यक्षेत्रका आधारमा मूल्याङ्कन गरी उत्कृष्ट कम्पनीहरु छनौट गरेका थिए। 

मन्जुश्री फाइनान्स लिमिटेड ११ बर्ष पुरानो संस्था हो। फाइनान्सको चुक्ता पुंजी ८० करोड ४० लाख रहेको छ। शाखा संजाल र कारोबारका आधारमा ठुला फाइनान्स मध्येको मन्जुश्रीले हाल देशभरका ११ वटा शाखा कार्यालय मार्फत फाइनान्स सेवा प्रदान गर्दै आएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved