कुश्माको ज्ञादीमा मेगा बैंकको शाखारहित बैंकिङ्ग सेवा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 28, 2018 | 11:48:19 AM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंकले पर्वत जिल्लाको कुश्मा नगरपालिकाको ज्ञादीमा शाखारहित बैंकिङ्ग सेवा शुरुवात गरेको छ । कुश्मा नगरपालिका वडा नम्बर ९ ज्ञादीस्थित साइकलचोकमा कुश्मा नगरपालिकाका वडा अध्यक्ष कृष्णप्रसाद लामिछाने र मेगा बैंक कुश्मा शाखाका प्रबन्धक उमाकान्त तिवारीले संयुक्त रुपमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका हुन् । 

मेगा बैंकका शाखा प्रबन्धक तिवारीले ग्रामीण क्षेत्रको आर्थिक अवस्थालाई उकास्न ज्ञादीमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको जानकारी दिए  । गाउँको खेतीयोग्य जग्गाहरु समेत धितो राखेर सहज तरिकाले १० लाख रुपैंयासम्म शाखारहित बैंकिङ्ग सेवामार्फत मेगा सरल कर्जा लगानी गरिने उनले बताए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved