माछापुच्छ्रे बैंकका कर्मचारीलाई एनबिआईले तालिम दिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 02, 2018 | 04:08:49 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक र नेशनल बैंकिंग इन्ष्टिच्युट (एन.बि.आई) बीच आगामी एक वर्षको लागि विस्तृत तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धि सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र एन.बि.आईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले हस्ताक्षर गरेका हुन् ।

सो सम्झौता अनुसार एन.बि.आईले माछापुच्छ्रे बैंकका र्मचारीहरुको कार्यक्षमता तथा दक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।  बंैकमा हाल करिब ९९५ कर्मचारी रहेका छन् ।

बैकले ९९ एटिएम, ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २९ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११७ स्थानवाट बंैकिङ्ग सुबिधा  प्रदान गरीरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved