निक्षेप संकलनभन्दा दोब्बर बढी कर्जा प्रवाह, तरलतामा चाप पर्ने जोखिम

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 05, 2018 | 09:11:28 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक बर्षमा बाणिज्य बैंकहरुले निक्षेप संकलनभन्दा दोब्बर बढी कर्जा प्रवाह गरेका छन्   चालू आर्थिक वर्षको साढे दुई महिनामै बैंकहरूले आक्रामक रुपमा कर्जा प्रवाह गरेका हुन् । 

यस आथिक बर्षको असोज दोस्रो सातासम्ममा वाणिज्य बैंकहरूले ९७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् जबकी निक्षेप संकलन ५० अर्ब रुपैयाँ मात्रै छ ।

 बैंकहरूको निक्षेप परिचालन र कर्जा प्रवाहको असन्तुलनले राम्रो संकेत नगरेको विश्लेषकहरु बताउछन् ।  निक्षेप परिचालन र कर्जा प्रवाहमा व्यापक असन्तुलन देखिएपछि अघिल्लो आवमा झैँ यस वर्ष पनि लगानीयोग्य तरलतामा चाप पर्ने जोखिम बढेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved