आइएमईका ग्राहक र कर्मचारीलाई भेनस अस्पतालमा छुट

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 07, 2018 | 05:49:26 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई लिमिटेडका ग्राहक र कर्मचारीले भेनस अस्पतालमा उपचार गराउँदा छुट पाउने भएका छन् । आइएमइका प्रिभिलेज कार्डवाहक सेवाग्राही र कर्मचारीहरूले भेनस अस्पतालको सेवामा क्रमशः १० र १५ प्रतिशत छुट पाउने भएका छन् । 

यो छुटसुविधा अस्पताल भित्रको सेवामा मात्रलागु हुनेछ । अस्पतालको फार्मेसी सेवामा सेवाग्राहीहरू र कर्मचारीहरू दुवैले १० प्रतिशत छुट प्राप्त गर्नेछन् । 

सुविधाको लागी आइएमई प्रिभिलेज कार्ड र कर्मचारीहरूले आइएमई केन्द्रीय कार्यालयले जारी गरेको परिचयपत्र अस्पतालको ओपीडी शाखामा देखाउनुपर्नेछ । सम्झौतामा आइएमई लिमिटेडका तर्फबाट बजार अधिकृत अविनाश श्रेष्ठ र भेनस अस्पतालको तर्फबाट अध्यक्ष श्रीराम ढकालले हस्ताक्षर गरे ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved