आइएमई प्रिभिलेज कार्ड वाहकलाई स्टार हस्पिटलमा बिशेष छुट

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 14, 2018 | 06:51:42 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई लिमिटेड र स्टार अस्पतालवीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा आइएमई लिमिटेडका तर्फबाट क्षेत्रीय प्रतिनिधि प्रमुख माधव कटुवाल र स्टार अस्पतालको तर्फबाट प्रमुख संचालन अधिकृत डा. सन्देश जी.सीले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्ड वाहक सेवाग्राहीहरूले स्टार   अस्पतालको सेवामा १५ प्रतिशत सम्म विशेष छुट पाउने छन् । यो छुट सुविधा अस्पताल भित्रको सेवामा मात्र लागु हुने कम्पनीले जनाएको छ । यो सेवा लिनको लागि सेवाग्राहीहरूले आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड अस्पतालको ओपीडी शाखामा देखाउनुपर्नेछ ।

आइएमई लिमिटेडले   १ सय ८४ आइएमई सेन्टर सहित ७७ जिल्लाका ८ हजार १ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् रेमिटेन्स सेवा प्रदान गर्दै आईरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved