एनआईसी एशियाको न्यु प्रिमियम समुन्नति खाता अनलाइनबाट खोल्न सकिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 16, 2018 | 02:57:21 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशियाले बैंकले सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै घरैमा बसी अनलाइनबाटै बैंक खाता खोल्न सक्ने व्यवस्था गरेको हो। न्यु प्रिमियम समुन्नति बचत खाता अनलाइनबाट खोल्न सकिने बैंकले जनाएको छ। 

अनलाइनबाटै 'न्यु प्रिमियम समुन्नति बचत खाता' खोल्दा ग्राहकले भिसा डेबिट कार्ड, मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सुविधामा २०% को विशेष छुट पाउने बैंकले जनाएको छ।     

यस सुविधाबाट देश तथा विदेशमा रहेका ग्राहक महानुभावहरुलाई बैंकको “न्यू प्रिमियम समुन्नति बचत खाता” खोल्न सहजता होस् भन्ने उद्देश्यले संचालनमा ल्याइएको बैंकको भनाई छ। 

एनआईसीले हाल २६१ शाखा, २५६ एटिएम, २५ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत आफ्ना १२ लाख १९ हजार ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ यस अवधिमा बैंकको वासलातको आकार २०० अर्ब भन्दा बढी पुगेको छ भने निक्षेप १६४ अर्ब तथा कर्जा लगानी १३८ अर्ब पुगेको छ।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved