आइएमईका ग्राहकले अब टेनिस खेल्दा पनि छुट पाउने

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 01, 2018 | 05:39:27 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई ग्रुपका कर्मचारी तथा आइएमई प्रिभिलेज कार्ड लिएका ग्राहकले अब टेनिस खेल्दा पनि छुट पाउने भएका छन् । आइएमई र बुढानिलकण्ठ नगरपालिका ८, सुन्दरबस्तीमा रहेको नउलिन स्पोर्टस् भिल्लाबीच सम्झौता भएपछि छुट पाउने भएका हुन । उक्त भिल्लामा टेनिस खेल्दा १५ प्रतिशत छुट प्राप्त हुने आइएमईले जनाएको छ । 

सम्झौतामा आइएमई ग्रुपका तर्फबाट जनसम्पर्क व्यवस्थापन प्रमुख राजु पौडेल र  नउलिन स्पोर्टस भिल्लाको तर्फबाट प्रवन्ध निर्देशक किशोर थापाले हस्ताक्षर गरे । सम्झौता २०७५ मङ्सिर १  गतेबाट दुई वर्षसम्म कायम हुने आइएमई ग्रुपका जनसम्पर्क व्यवस्थापन प्रमुख राजु पौडेलले जानकारी दिए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved