मञ्जुश्री फाईनान्स कनेक्ट आइपिएसमा आबद्ध, अनलाईन भुक्तानीमा सहजता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 03, 2018 | 07:23:28 PM मा प्रकाशित

laxmi  sunrise bank

मञ्जुश्री फाईनान्स कम्पनी लिमिटेड नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आर्इपिएस प्रणाली (connectIPS e-Payment) मा आबद्ध भएको छ। कनेक्ट आइपिएसमा आबद्धतासंगै फाइनान्समा खाता रहेको ग्राहकहरुलाई आफ्नै खाता मार्फत अनलाईनबाट नै कारोबार भुक्तानीका लागि सहजता हुने भएको छ।

नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवर्द्धित नेपाल क्लियरिङ्ग हाउसले सञ्चालनमा ल्याएको डब्लु डब्लु डब्लु डट कनेक्ट अाइिपएस डट कम (www.connectips.com) प्रणालीमा मञ्जुश्री फाईनान्स कार्तिक १५ गतेबाट कारोबार शुरु गर्ने गरि आबद्ध भएको हो ।

बैंकका ग्राहकहरुले यस प्रणाली मार्फत आफ्नो बैंक खाताबाट अनलाईन मार्फत प्रति कारोबार १ लाख रुपैयाँसम्मको भुक्तानी गर्न सक्नेछन् भने मोबाईल एप्स मार्फत प्रति कारोबार ५ हजार रुपैयाँसम्मको भुक्तानी गर्न सक्नेछन् ।

यस प्रणाली मार्फत बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले कनेक्ट आईपिएस इ पेमेन्टमा मा गई आफूलाई एक पटक आबद्ध गरी आफ्नो बैंक खातालाई लिङ्क गराई यसमा उपलब्ध हुने सेवाहरु भुक्तानी गर्न सक्ने व्यवस्था रहेका छन् ।

हाल उक्त प्रणाली मार्फत नेपाल सरकारको राजश्व भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानी, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटको फण्ड लोड, सेयर ब्रोकरको भुक्तानी गर्न सकिने व्यवस्था रहेका छन् । यस्ता सबै कारोबारहरु अनलाईन मार्पmत सिधै बैंक खाताबाट हुने हुदाँ कारोबार सहज हुन्छ ।

कनेक्ट आइपिएस इ-पेमेन्ट (connectIPS e-Payment) प्रणालीमा हाल सम्म ४४ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेकामा हाल सम्म ३३ वटा बैंक वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved