नेपाल मेडीसिटी अस्पताल र अजोड़ इन्सुरेन्सबीच नगदरहित सेवाका लागि सम्झौता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 03, 2018 | 08:59:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल मेडीसिटी अस्पताल र अजोड इन्स्योरेन्स लिमिटेडबीच नगद रहित सेवाका लागि सम्झौता भएको छ। सम्झौतामा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन।     

सम्झौता अनुसार इन्स्योरेन्सका ग्राहक तथा सेवाग्राहीहरुले नेपाल मेडिसिटीमा नगदरहीत सेवा प्राप्त गर्नेछन। नगदरहीत सेवा ग्राहकले उपचारका लागि भर्नाको अवस्थामा उपभोग गर्न पाउने छन् ।

स्वास्थ्य बीमाका माध्ययमबाट नागरिकहरुलाई सुलभ स्वास्थ्य उपचार सेवा प्राप्त हुने र स्वास्थ्य सबैको पहुंचमा पुग्ने भएकोले स्वास्थ्य बीमालाई अस्पतालले विशेष जोड दिएको अस्पतालका महाप्रबन्धक रिमालले बताए। 

त्यस्तै,अजोड़ इन्सुरेन्सले स्वास्थ्य बीमामा जोड दिएको र भविष्यमा धेरै भन्दा धेरै मानिसमा स्वास्थ्य बीमा बारे सचेतना वृद्धि गर्दै जाने उद्धेश्य राखेकोमा अस्पतालसंगको सहकार्य फलदायी रहने खत्रीले बताए। 




  








Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved