स्ट्याण्डर्ड चार्टड बैंकको लाभांश घोषणा , अरु बैंकको कहिले ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 11, 2018 | 08:31:40 AM मा प्रकाशित

laxmi  sunrise bank

स्ट्याण्डर्ड चार्टड बैंक गत आर्थिक बर्षको कमाईबाट लाभांश घोषणा गर्ने तेस्रो बैंक बनेको छ। बैंकले सेयरधनीहरुलाई गत आर्थिक बर्षको कमाईबाट १७।५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। 

बैकको कात्तिक २४ मा बसेको ३७६ औं संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट १७।५० प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको बैंकले एक सूचना मार्फत जानकारी गराएको छ। 

उक्त प्रस्ताब नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। बैंकले उक्त लाभांश र साधारणसभा प्रयोजनका लागि पछि छुट्टै बुक क्लोजको सूचना सार्वजनिक गर्नुपर्ने हुन्छ। बैंकले तोकेको मिति भित्र कायम सेयरधनीहरुले मात्र अहिले घोषणा गरिएको नगद लाभांश पाउनेछन।

बैंकले गत आर्थिक बर्ष २ अर्ब २१ करोड खुद मुनाफा आर्जन गरेको थियो। नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुरुप वित्तीय विवरण सार्वजनिक गर्दा उसको वितरणयोग्य मुनाफा २ अर्ब १ करोड पुगेको थियो। राष्ट्र बैंकको प्राबधानअनुसार समायोजन कायम हुने वितरण योग्य नाफा तोकिएका सम्बन्धित शिर्षकहरुमा व्यवस्था गरेपश्चातको रकम सेयरधनीहरुलाई लाभांश वितरणमा उपयोग हुन्छ।  यस अवधिमा बैंकको चुक्ता पुंजी ८ अर्ब ११ करोड छ।  

यस अघि सानिमा बैंक र एभरेष्ट बैंकले पनि लाभांश घोषणा गरिसकेका छन। दुवै बैंकले नगद लाभांश दिने निर्णय गरेका छन। अब  सिद्दार्थ र नेपाल एसबिआई बैंकले सम्भवत छिट्टै लाभांश घोषणा गर्नेछन।  

२८ बाणिज्य बैंक मध्ये नबिलले धेरै लाभांश दिने, कसले कति लाभांश दिंदैछ ? (बिशेष रिपोर्ट)

सानिमा बैंकले दिने भयो १४ प्रतिशत लाभांश, अरु बैंकको घोषणा कहिले ?

एभरेस्ट बैंकको लाभांश घोषणा , अरु बैंकको कहिले ?

माछापुच्छ्रे बन्यो वित्तीय विवरण प्रकाशन गर्ने पहिलो बैंक, सेयरमा लगानी कति प्रतिफलमुलक ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved