हिमालयन बैंकको मोबाइल बैंकिङ्ग एप सुचारु, बैंकनै पुग्नुपर्ने झन्झटबाट 'मुक्ति'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 21, 2018 | 12:12:29 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंकले मोबाइल बैंकिङ्ग एप (हाई—एम बि) सुरु गरेको छ। बैंकका वरिष्ठ महाप्रबन्धक ईजाजकादिर गिलले मोबाईल एप सुरु भएको घोषण गरे।

‘हियर ईज योर न्यू बैंक’ तथा ‘विग बैंक इन स्मल साईज’ स्लोगनका साथ सेवा सुरु गएिको यस मोबाइल एपबाट ग्राहकले आफ्नो खाताबारे जानकारी लिने, चेक व्यवस्थापन गर्ने, आफूले उपभोग गरेको ऋणको जानकारी लिने, बैंकबाट उपलब्ध सेवाको जानकारी लिने, बैंक भित्रकै अर्को खातामा रकमान्तर गर्ने, विल भुक्तानी गर्ने, आफ्नो खाताबाट भएको प्रत्येक कारोबारको जानकारी लिने लगायतका अन्य सेवा प्राप्त गर्न सकिने बैंकले जनाएको छ।   

बैंकका उप महाप्रबन्धक उज्वलराज भन्डारीले एपमा सुरक्षाका सम्पूर्ण आधुनिक प्रविधि उपलब्ध गराइएको र आगामी दिनमा थप प्रविधि उपलब्ध गराउँदै जाने बताए। त्यस्तै बैंकल प्रविधि बिभागका धिरज श्रेष्ठले मोबाइल एपको फिचर र यसबाट ग्राहकलाई हुने लाभबारे जानकारी दिए। उनका अनुसार यो एप्स एण्ड्रोइड र आइफोन दुवैमा उपलब्ध छ। ग्राहकले दुवै प्ले स्टोरबाट डाउनलोड गरि बैंकिङ कारोबार एप्स मार्फत नै गर्न सक्नेछन। यद्दपी ग्राहकले एक पटक सम्बन्धित शाखामा गएर प्रमाणित गर्नुपर्नेहुन्छ। 

श्रेष्ठका अनुसार एप्स मार्फत ग्राहकले आफु नजिकका हिमालयन बैंकका एटिएमहरुबारे सहजै जानकारी लिन सक्नेछन भने ग्राहकले एप्स मार्फत आफ्नो बिबरण हेर्न पाउनेछन। यसमा पछिल्ला ६ महिना भन्दा बढी अवधिको कारोबार विवरण समेत हेर्न मिल्ने व्यवस्था रहेको श्रेष्ठको भनाई छ। 

हिमालयन बैंकले हाल आफ्ना ५६ वटा शाखा तथा १०८ एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ। बैंकले चालू आर्थिक बर्षको पहिलो त्रैमासमा १ खर्ब २ अर्ब निक्षेप संकलन गरि ९४ अर्ब २४ करोड कर्जा प्रवाह गरेको छ। बैंकले यस अवधिमा ६४ करोड ९६ लाख बराबरको खुद मुनाफा आर्जन गरेको छ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved