सिभिल बैंक नवौं बर्षमा प्रवेश, बिभिन्न सामाजिक कार्यक्रम गरि मनायो आठौँ वार्षिकोत्सव (फोटो फिचर)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 27, 2018 | 08:32:48 AM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक @Civil ले आठौँ बर्षको यात्रा पुरा गरि नवौं बर्षमा प्रवेश गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धि बिभिन्न कार्यक्रम गरि आफ्नो आठौँ वार्षिकोत्सव मनाएको छ। 

बैंकले बृक्षारोपण, रक्तदान, तथा सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरि आफ्नो आठौँ वार्षिकोत्सव मनाएको छ। 

वार्षिकोत्सवको दिन बैंकले पशुपति क्षेत्रको चक्रपथसंगै जोडीएकोे पार्किङ क्षेत्रमा बृक्षारोपण कार्यक्रमको आयोजना गरेको थियो। बैंकका अध्यक्ष ई. इच्छा राज तामाङ्गको सभापतित्वमा भएको वृक्षारोपण कार्यक्रममा पशुपति क्षेत्र बिकास कोषका कोषाध्यक्ष डा. मिलन कुमार थापा, बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, कोषका पदाधिकारीहरु, बैंकका कर्मचारी लगायतको उपस्तिथी थियो।       

बैंकका सीईओ गुरुङका अनुसार बैंकले ३०० वटा बृक्षारोपण गरेको र उक्त विरुवालाई ५ वर्षसम्म मलजल र संरक्षण गरी हुर्काउने सम्मको सम्पूर्ण जिम्मेवारी बैंकले नै वहन गर्नेछ। ५ बर्षसम्म उक्त बिरुवालाई बैंकले नै संरक्षण गर्ने काम सराहणीय रहेको कोषका अध्यक्ष थापाको भनाई छ। 

त्यस्तै बैंकले वार्षिकोत्सव अवसरमा प्रधान कार्यालय तथा देशका प्रमुख शहरहरुमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो। साथै  यहि अवसरमा देशका ग्रामीण भेगका सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुको छनौट गरी छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम रहेको बैंकले जनाएको छ। 

यस आर्थिक बर्षको पहिलो त्रैमासमा १८ करोड पचास लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ। जुन गत आर्थिक बर्षको तुलनामा करिब ६४ प्रतिशतले बढी हो। यस अवधिमा बैंकले देशभरका ७० शाखा कार्यालय मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ। 










Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved